कृषि मन्त्री यादवद्धारा साना सिंचाइ आयोजना अनुगमन

Published on

काठमाडौं । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले खजुरा गाउँपालिकामा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित साना सिंचाइ आयोजनाहरुको अनुगमन गर्नुभएको छ ।

किसानको खेतबारीमै पुगेर सिंचाई आयोजनाको अनुगमन गर्नुभएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिंचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो । विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाईएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरु बनाईरहेको बताउनुभयो । अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँग भेटघाट गरी तरकारी खेतीमा उनीहरूको संलग्नता र आवश्यक थप कृषि सहयोगका बारेमा अन्तरक्रिया गर्नुभएको थियो ।

बाँके युनेस्को क्लबको साझेदारीमा कतार च्यारिटी नेपालले सहयोग गरेको सानो सिँचाइ आयोजनाको प्रतिफल देखेर धेरै खुसी लागेको जनाउँदै उहाँले किसान समूहलाई आर्थिक सशक्तिकरणको लागि यो सहयोगले सक्षम बनाएको बताउनुभयो । अनुगमन टोलीमा रहनुभएका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सिंचाइ आयोजनाको सहयोगपछि गरिएको तरकारी खेती देखेर आफु पनि धेरै प्रभावित भएको जनाउँदै यसले गरिब किसान समूहलाई ठुलो टेवा दिएको बताउनुभयो । अनुगमन टोलीमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक बिनिता आरसी र बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कमला न्यौपाने लगायतको पनि सहभागिता थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...