तरकारी खेतीबाट मासिक लाख आम्दानी

Published on

काठमाडौं । एक दशक विदेशी भूमिमा बसेर फर्किनुभएका दुई युवाले तरकारी खेतीबाट मासिक एक लाख रुपियाँ आम्दानी गर्नुभएको छ । जिल्लाको रामपुर–४, देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले तरकारी खेतीबाट मासिक एक लाख आम्दानी गर्नुभएको हो ।

१० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएका दिलबहादुर र लालबहादुर दुवै जना आठ वर्ष बहराइनमा बसेर फर्कनुभएको हो । अब विदेश नजाने निधो गरेर आफूहरूले विगत चार वर्षदेखि मौसमी र बेमौसमी तरकारी खेती गरिरहेको दिलबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशमा आठ वर्ष बसेर फर्कियो अब विदेश नजाने भनेर तरकारी खेती गरेका छौँ, घरमै परिवारसँगै बसेर तरकारी खेतीबाट राम्रो आम्दानी गरेका छौँ ।’ विदेशी भूमिमा पैसा मात्र छ तर परिवार सुख र खुसी छैन उहाँले भन्नुभयो । कोरोना सङ्क्रमणपछि विदेशबाट फर्किएपछि चार वर्षदेखि देवीस्थानमा तरकारी खेती गरेर राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । दुई युवाले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या छैन । रामपुर बजार, स्याङ्जा बजारका लागि तरकारी जाने गरेको उहाँले बताउनुभयो ।

हाम्रो आधुनिक कृषि फर्मबाट सिमी, बोडी, टमाटर, घिरौंला, करेला, फर्सी, बोडी, काँक्रालगायतका तरकारी फर्ममा उत्पादन हुने लालबहादुरले बताउनुभयो । यसबाहेक उक्त फर्ममा दशैँ–तिहारका बेला मखमली, सयपत्री जातका फूलसमेत उत्पादन हुनेगरेको छ । विगत चार वर्षदेखि सिजनमा फूल र माला उत्पादन गरेर बिक्री गरिएको लालबहादुरले बताउनुभयो । फूलबाट समेत आम्दानी भएको उहाँको भनाइ छ । दिलबहादुरका अनुसार तरकारी सहज रुपमा हुर्कन र बजारभाउ पाए लगानीको ७० प्रतिशत नाफा हुन्छ । तरकारी हुर्काउन, बजारसम्म लैजान अधिकांश समय आफूहरू नै खट्ने लालबहादुरको भनाइ छ । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ आवश्यक परेको खण्डमा बाहिरबाट ज्यामी बोलाउँछौँ, अरुबेला हामी दुई भाइ नै तरकारी उत्पादन र बजारसम्म पुयाउन खट्छौँ ।’

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...