बागमतीमा कांग्रेसका छ मन्त्रीले राजीनामा दिँदै

Published on

काठमाडौं । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

१२ सदस्यीय मन्त्रिमण्डल रहेको यस प्रदेशमा कांग्रेसका छ जना मन्त्रीले आज (बुधबार)नै राजीनामा दिने भएका हुन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकार छाड्ने निर्णयमा पुगेको कांग्रेस बागमती प्रदेश संसदीय दलले जनाएको छ । प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकार छाड्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले आफूहरू प्रदेश राजधानी बाहिर रहेको र हेटौँडा आएर आजै राजीनामा दिने बताउनुभयो ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहनुभएका चित्रकारले कांग्रेसबाट सरकारमा सहभागी छ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने बताउनुभयो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले हेटौँडा पुगेर राजीनामा दिने गरी आउँदै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत आजै फिर्ता लिने छौ ।’’ आर्थिक मामिला तथा योजनामन्त्री तामाङ र प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा विदेश रहनुभएकोमा आजै नेपाल फर्कनुभएको हो । प्रदेशको मन्त्री मण्डलमा कांग्रेसबाट तामाङ नेतृत्वमा चित्रकार, लामा, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्का रहनुभएको छ । गत वर्ष पुसमा यस प्रदेशमा बामगठबन्धनको सरकार रहेको केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै लोकतान्त्रिक बामगठबन्धन बनेको थियो ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...