विदेशीलाई प्रवेश अनुमति सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह

Published on

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मङ्गलबार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ ।

“केही युरोपेली प्रतिनिधिमण्डल उत्तर कोरिया फर्कन सक्षम भएको खबर आएको छ, यसको हामी स्वागत गर्छौँ,” उत्तर कोरियासम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जुङ पाकले कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसको एक कार्यक्रममा भन्नुभयो । जर्मनी र बेलायतले महामारीपछि बन्द भएका प्योङयाङमा रहेका र महामारीपछि बन्द भएका आफ्ना दूतावासहरू निरीक्षण गर्न छुट्टाछुट्टै टोली पठाएका थिए । दुवै देशका प्रतिनिधिले उत्तर कोरिया फर्कन सकिने बताएका थिए ।

पाकले भन्नुभयो, “विशेष गरी मानवीय सहयोगका लागि अनुमति दिन हामीले उत्तर कोरियालाई आफ्नो सीमा थप खुला गर्न आग्रह गर्नेछौँ ।” मानवीय समूहसँग काम गर्ने ‘वास्तवमै असल मानिस’ उत्तर कोरियामा रहेको र उनीहरू राजनीतिसँग नजोडिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि बालबालिकालाई खोप लगाइयोस्, स्वास्थ्य प्रणाली व्यवस्थित होस् ।” क्षेप्यास्त्र परीक्षण स्थगित गर्न र राष्ट्रपति जो बाइडेनको प्रशासनले वार्ताका लागि गरेको प्रस्ताव अस्वीकार गरेको उत्तर कोरियासँग अमेरिकाको उच्च तनाव रहेको छ । उत्तर कोरियाले यसै सातादेखि सुरु हुने ठुलो सैन्य अभ्यासका लागि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले ‘महँगो मूल्य’ चुकाउनु पर्ने बताएको छ ।

पाकले आणविक हतियार परीक्षण गरेको किम जोङ उनको राज्यप्रति आफ्नो कुनै शत्रुतापूर्ण मनसाय नरहेको अमेरिकी अडान दोहो¥याउनुभएको छ । दक्षिण कोरियासँगको आफ्नो सैन्य सहकार्यबारे बोल्दै उहाँले भन्नुभयो, “अमेरिका र दक्षिण कोरियाबिचको अभ्यास विशुद्ध रक्षात्मक छ र यो यस क्षेत्रमा भइरहेको खतराको प्रतिक्रियास्वरुप हो ।” राससरएएफपी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...