खोले साग बिक्रीबाट मनग्य आम्दानी

Published on

काठमाडौं । नवलपुर जिल्लाको सिमसार क्षेत्रमा पाइने पालुङ्गे ९खोले० सागको माग बढ्दो छ । गर्मी मौसममा अन्य सागको उत्पादन कम हुने भएकाले पनि खोले सागको माग बढ्दो छ।

छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलाई खोले साग भनिन्छ । कावासोती ७ सिमसार क्षेत्रमा व्यावसायिक रूपमा पालुङ्ग (खोले) सागको खेती गरेर किसानहरूले राम्रो आम्दानी गरिरहेका छन् । खेत, खोला र सिमसार क्षेत्रमा पाइने खोले साग अहिले जिल्लाभित्र मात्र नभई बाहिरी जिल्लामा समेत ग्राहकको रोजाई बन्ने गरेको छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्छन् । कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे ९खोले० सागखेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुङ्गे सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गर्नुभएको छ ।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताउनुभयो । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिमको सुनवल, बुटवलदेखि पूर्वमा नारायणगढ सम्म पालुङ्गे (खोल) सागले बजार पाएको छ । चैते धानभन्दा यो साग खेतीले जीविकोपार्जनमा राहत पुर्‍याएको छ । ” मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुन्छ । खोलामा खेर गएको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाँले जानकारी दिनुभयो । महतो दम्पतीले साग बिक्री गरेर याम अनुसार तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ । माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताउनुभयो ।

गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने सागको माग गर्मी मौसममा अझै धेरे हुने किसान लीला चौधरीले बताउनुभयो । पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजार लगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...