मैवाखोलाका छ वटै वडामा राष्ट्रिय प्रसारण लाइन

Published on

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका छ वटै वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान भएको छ। गाउँपालिकाको वडा ५ र ६ फाकुम्बामा बुधबार विद्युत परीक्षण सफल भएसँगै सो गाउँपालिकाको छ वटै वडामा राष्ट्रिय प्रसारण लाइन जडान भएको हो।

वडा १ र २ ढुङ्गेसाँघुमा केहीवर्ष पहिले नै राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको थियो। वर्तमान गाउँपालिकाका पदाधिकारी निर्वाचित भएर आएपछि बाँकी सबै वडामा विद्युतीकरण गर्नेगरी पहल सुरु गरिएको र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने काम सम्पन्न भएको छ। कामलाई तीव्रता दिएसँगै पालिकाभर नै विद्युत जडान भइसकेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। गाउँपालिकाको पदाधिकारी (जनप्रतिनिधि) निर्वाचित हुनुभन्दा पहिलेदेखि नै विद्युतीकरणको पहल गरेको र राष्ट्रिय प्रसारण लाइन जोड्ने कार्यले सार्थकता पाएको अध्यक्ष वनेमको भनाइ छ।

उहाँले राष्ट्रिय प्रसारण लाइन विस्तारको योजनाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय धेरै पटक धाएको बताउनुभयो। आफ्नो नेतृत्वमा सिङ्गो गाउँपालिकाले सुरु गरेको योजना बल्ल सफल भएको उहाँको भनाइ छ। अब राष्ट्रिय प्रसारण लाइन जडान भएसँगै मैवाखोला गाउँपालिकाको वडा १ र २ ढुङ्गेसाँघु, वडा ३ र ४ साँघु र वडा ५ र ६ फाकुम्बाका उपभोक्ताले बिजुली बत्ती बाल्न भएका छन्। फाकुम्बाको दुर्गम बस्ती साम्तुङ लगायतमा भने राष्ट्रिय प्रसारण लाइन बिस्तार गरी सक्नलाई अझै केही समय लाग्ने गाउँपालिकाले जनाएको छ। उक्त बस्तीमा गाउँपालिकाले यसअघि केही परिवारलाई सोलार बत्ती वितरण गरेको छ भने बाँकी परिवारलाई पनि तत्कालका लागि सोलार वितरण गर्ने गाउँपालिकाको योजना रहेको बताइएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...