गोरखापत्रकर्मी खतिवडा सहित ३० जना महिला सम्मानित

Published on

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका महिलालाई सम्मान गरेको छ । उक्त अवसरमा उपसभामुख इन्दिरा राना मगर, मुना मासिकका सह–सम्पादक लक्ष्मी खतिवडा, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान गरिएको हो ।

कार्यक्रमको अवसरमा नेता झालनाथ खनालले नेपालमा लैङ्गिक समानताका लागि थुप्रै ऐन, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आयोगको समेत व्यवस्था भएको बताउनुभयो । उहाँले साहाना प्रधान, मङ्गलादेवी सिंहलगायतका थुप्रै अग्रज महिला नेतृले नेपाली समाजमा महिलाको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणका लागि उठाएको आवाजको परिणामले समाजमा निक्कै परिवर्तन आएको धारणा व्यक्त गर्नुभयो । उपसभामुख इन्दिरा रानामगरले सो प्रतिष्ठानले देशै भरी विभिन्न क्षेत्रमा काम गरिरहेका महिलालाई सम्मान गरेर हौसला प्रदान गरेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...