विद्युत् अनियमितता बढ्यो

Published on

काठमाडौं । समुदाय मिलेर विद्युत् विस्तार गरिएका स्थानमा विद्युत् अनियमितता बढेको छ । पाल्पा जिल्लाको विभिन्न स्थानमा दुई दशकदेखि सामुदायिक विद्युतीकरणमार्फत बिजुलीबत्ती विस्तार भएका स्थानमा विद्युत् अवरोध बढेको हो ।

ती क्षेत्रमा बिजुलीबत्ती अनियमित हुने, बिग्रिएका स्थानमा लामो समयसम्म मर्मतसम्भार नहुने कारणले उपभोक्ता समस्यामा परेका छन् । समुदायबाट सञ्चालित विद्युतीकरणमार्फत विद्युत् विस्तार भएका स्थानमा काठका पोल भाँचिदा फेर्न समय लाग्ने गरेको छ । यस्तै ट्रान्सफर्मर बिग्रिएमा बनाउन आर्थिक अभाव हुँदा उपभोक्ता समस्यामा परेका छन् । हावाहुरीले तार चुँडिएर समयमै मर्मत नहुँदा लामो समयसम्म विद्युत् अवरोध हुने गरेको छ । रैनादेवी छहरा–३, अमिलेका स्थानीय बासिन्दा विष्णुप्रसाद ज्ञवालीले उपभोक्तासँग समयमै मर्मतसम्भार गर्न रकम अभाव हुने समस्याले बिजुलीबत्ती अवरोध हुने गरेको सुनाउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध ४० हजार २५४ ग्राहक छन् । यस्तै जिल्लाका नौ वटा संस्थामार्फत सामुदायिक विद्युतीकरणमार्फत बिजुलीबत्ती बाल्ने पाँच हजार ८५६ ग्राहक रहेका छन् । विद्युत् विस्तार भएका क्षेत्रमा उपभोक्ताले काम गर्न नसकेपछि विद्युत् प्राधिकरण मातहत ल्याउने प्रयास भइरहेको पाल्पा वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो । संस्थाबाट विद्युतीकरण भएका स्थानबाट विद्युत् अवरोध भएको, उपभोक्ताले काम नगरेको गुनासो आउने गरेको उहाँले बताउनुभयो । सामुदायिक विद्युतीकरणमार्फत बिजुलीबत्ती बालेका उपभोक्ताले प्रतियुनिट छ रुपियाँ २५ पैसा प्राधिकरणलाई बुझाउनु पर्छ । बाँकी संस्थाले नियमित सञ्चालन गर्न उपभोक्ताबाट उठाउँदै आएको छ । यद्यपि उपभोक्ताबाट नियमित महसुल उठ्न नसक्दा सामुदायिक विद्युतीकरणका लागि बनेका संस्था धराशायी बनेर विद्युत्को नियमित समस्या समाधान गर्न नसकेको विद्युत् प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी भागीरथ बस्यालले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...