भारत लैजाँदै गरेको युवतीको उद्धार, तीन जना पक्राउ

Published on

काठमाडौं । भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।

मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँके मातहतका निकायले ललाइफकाइ भारत लैजान थालिएकी एक १८ वर्षीया युवतीको उद्धार गरेर तीन जना दलाललाई नियन्त्रणमा लिन सफल भएको छ । नेपाली र भारतीय दलालको एउटा समूहले ललाइफकाइ गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले बाग्लुङ्गकी १८ वर्षीया एक युवतीको उद्धार गरेको हो । बाँकेको डुडुवा गाउँपालिका–१ खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ओमप्रकाश ढकालको नेतृत्वमा गएको मोबाइल चेकपोष्ट र पिआरसीको संयुक्त टोलीले ती युवतीलाई उद्धार गर्नुका साथै भारत लैजाने कार्यमा संलग्न तीन जना दलाललाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाका टुकबहादुर खत्री, भारत श्रावस्ती बस्ने चन्द्रा ओली र सोही ठाउँ बस्ने राम सुरेश रहेका छन् । उनीहरूले मोटरसाइकलमा हालेर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा युवतीको उद्धार गरिएको हो । उद्धार गरिएकी युवतीलाई सेल्टरमा राख्नुका साथै भारत लैजाने कार्यमा संलग्नहरूलाई थप कानुनी कारबाही गर्न प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो । उहाँले मानवबेचबिखन जस्ता आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरी चनाखो रहेको जनाउँदै यस्ता गतिविधि सिमानामा कुनै पनि हालतमा हुन नदिन प्रहरीले निगरानी बढाउँदै लगेको बताउनुभयो । यहाँस्थित नेपाल भारत मुख्य नाका जमुनाहा नाकामा प्रहरी र विभिन्न सङ्घसंस्थाले मानवबेचबिखन विरुद्ध कडाइ गर्नुका साथै निगरानी बढाउँदै गएपछि साइड नाकाहरूबाट युवतीलाई भारत छिराउने गरिएको सूचना आइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...