कक्षाकोठामा लागेको ताला डेढ वर्षपछि खुल्यो

Published on

काठमाडौं । नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो ।

सो गाउँपालिकाको वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपियाँ खर्च भएको भन्दै भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले ताला लगाउनुभएको थियो । विद्यालयमा लगाइएको ताला प्रहरीको सहयोगमा शनिबार खोलिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । ताला खोलेर विद्यालय व्यवस्थापन समिति भङ्ग गर्दै प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने निर्णय भएको उहाँले बताउनुभयो । विद्यालयको पुरानो भवन पहिरोमा पुरिएपछि आर्थिक वर्ष २०७८र७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गर्न सम्झौता गरिएको थियो । भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भए पनि व्यवस्थापन समितिले भवनको जिम्मा स्थानीय युवा केशवसिंह घटाललाई दिएको हो ।

कोरोनाका कारण निर्माण सामग्री महँगो भएकाले ३६ लाख रुपियाँको चारकोठे भवनको लागत ५८ लाख रुपियाँ पु¥याएर भुक्तानी दिँदा पनि निर्माण समितिका अध्यक्ष घटालले भुक्तानी नलगेको गाउँपालिकाका इन्जिनियर घनश्याम मौनीले बताउनुभयो । भवन निर्माणमा संलग्न निर्माणकर्ता घटालले ७९ लाख रुपियाँ दाबी गर्दै आउनुभएको जानकारी उहाँले दिनुभयो । इन्जिनियर मौनीले भन्नुभयो, “भवन धेरै राम्रो बनेको छ तर ७९ लाख रुपियाँ कसरी भुक्तानी दिने रु प्राविधिक दृष्टिकोणले ५८ लाख रुपियाँभन्दा बढी भुक्तानी दिन मिल्दैन ।” भवन निर्माणमा संलग्न घटालले कोरोनाका बेला छड, सिमेन्ट र तेलको मूल्य आकासिएकाले भवन निर्माण गर्दा ७९ लाख रुपियाँ खर्च भएको दाबी गर्नुभयो । उहाँले २० प्रतिशत जनश्रमदान गर्नुपर्ने योजनामा उल्लेख भए पनि ज्यालादारीमा काम गराउँदा लागत बढेको बताउनुभयो ।

उहाँले ब्याजमा ऋण निकालेर विद्यालयको भवन बनाए पनि प्राविधिक मूल्याङ्कन नभएको बताउनुभयो । डेढ वर्षसम्म भवनमा ताला लगाउँदा विद्यार्थी घाम र झरीमा खुला चौरमा पढ्न बाध्य थिए । भवनमा लागेको ताला खोल्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी पञ्चेश्वर–१, शेरी पुगेका थिए । ताला खोल्न लगाउँदै गाउँपालिका अध्यक्ष चन्दले भन्नुभयो, “यहाँका जनताले स्थानीय सरकार नभएको अनुभूति गरे । कसैलाई भ्रम नहोस् पञ्चेश्वरमा स्थानीय सरकार छ । जुनसुकै बहानामा पनि विद्यालयलाई बन्धक बनाउन मिल्दैन । आज ताला खोलिएको छ । फेरि ताला लगाउने काम भयो भने कानुनी कारबाही अघि बढाउँछौँ ।”

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...