कुटपिटबाट एकको मृत्यु

Published on

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी गाउँ बस्ने वर्ष ३५ का महेश रानाको ज्यान गएको हो ।

मृतकमाथि सोही गाउँमा गएराति कुटपिट भएको बताइएको छ । कुटपिटपछि घर गएर सुतेका राना विहान अचेत जस्तो देखिएपछि परिवारले अस्पताल पुर्‍याउँदा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । उहाँका अनुसार कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महिला पुरुष गरेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसैगरी, कुटपिट भएको घरलाई सिल गरेर अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

राति अर्काको घरमा गएको रानामाथि के कति कारणले कुटपिट भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताउनुभयो । उहाँले अनुसन्धानपछिमात्रै घटनाबारे सबैकुरा यकिन थाहा हुने उल्लेख गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...