गढीमा सूर्यमुखी खेती

Published on

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ को धमिले फाँटमा परीक्षणका लागि सूर्यमुखी लगाइएको छ । किसान गोकर्ण पराजुलीले चार कट्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी अहिले ढकमक्क फुलेको छ । उहाँले प्रतिकट्ठा एक सय केजीका दरले सूर्यमुखी उत्पादन हुने अनुमान गर्दै प्रतिक्विन्टल २० हजारका दरले ८० हजार रुपियाँ आम्दानी हुने अपेक्षा राख्नुभएको छ ।

सूर्यमुखीको खेती परीक्षणका रूपमा गरिएकाले सफल भए कृषकलाई खेती गर्न प्रेरित गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । हावापानी र माटोका हिसाबले सूर्यमुखीलाई मिल्दो वातावरण भएकाले उत्पादन राम्रो भए व्यावसायिक खेती गर्न कृषकलाई प्रेरित गरिने भन्दै खेतीका लागि पालिकाले प्राविधिक सहयोग र सहजीकरण गरिरहेको बताउनुभयो । सूर्यमुखीबाट उत्पादन गरिने तेलमा भिटामिन ‘ई’ पाइन्छ । यसमा प्रशस्त मोनो अनसैचुरेटेड फ्याट र पोली अनसैचुरेटेड फ्याट पाइन्छ । शरीरका लागि फाइदाजनक भएकाले सूर्यमुखी तेलको प्रयोग बढ्दै गएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...