जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट

Published on

काठमाडौं । जापानी कम्पनीले बनाएको रकेटले स्याटलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ ।

टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेण्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो । विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको र केही सेकेण्ड भित्रमा नै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो । “पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्राविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ”, स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “विस्तृत अनुसन्धान भइरहेको छ ।” नजिकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलहरूमा भेला भएका सयौँ युवा र वृद्ध दर्शकहरूले देखेका नाटकीय दृश्यहरूमा रकेटको पानी छर्किन प्रयोग गरिने यन्त्र (स्प्रिङ्कलर) ले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमिनमा खसेको थियो ।

एक वृद्ध व्यक्तिले सार्वजनिक प्रसारक एनएचकेसँग भन्नुभयो, “मैले यो रकेट प्रक्षेपणबाट धेरै आशा गरेको थिएँ, सफलता मिल्न सकेन त्यसैले म निराश छु । के भयो अनुसन्धान भइरहेको बताइएको छ पछि थाहा हुने नै छ ।” यो असफलताले सम्भावित आकर्षक स्याटेलाइट–प्रक्षेपण बजारमा प्रवेश गर्ने जापानको प्रयासलाई धक्का दिएको छ । स्पेस वनले स्याटलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ र यो आशा काइरोसबाट गरिएको थियो । प्राचीन ग्रीक भाषा अनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्हरूले गरेका थिए । पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि कैरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो । राससरएएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...