बजेट अभावले सिँचाइ प्रभावित

Published on

काठमाडौं । मधेश प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगर्दा महोत्तरीको कृषि सिँचाइ कार्यक्रम प्रभावित भएको छ । प्रदेश सरकारको कृषि सिँचाइ प्रवर्द्धन कार्यक्रमअन्तर्गत महोत्तरीका लागि चालु आव ९०८०(८१० मा अति न्यून बजेट विनियोजन गरेकोले कृषि ज्ञान केन्द्रलाई किसानको चित्त बुझाउन मुस्किल परेको हो ।

ज्ञान केन्द्र महोत्तरीका अनुसार यो कार्यक्रम कम्तीमा २ निगाह जग्गा जोत्ने किसानको हितका लागि लागु गरिएको थियो । कार्यक्रम अन्तर्गत छनौटमा परेका किसानलाई ४ इन्च क्षमताको बोरिङ र मोटरका लागि १ लाख रुपियाँ बराबरको अनुदान दिने व्यवस्था छ । यसका लागि ज्ञान केन्द्रले कम्तीमा १५० जना किसानका लागि कोटा माग गरेको थियो। प्रदेशले भने ३० जना किसानका लागि मात्र ३० लाख बजेट पठाएकोले समस्या भएको हो । बोरिङका लिन इच्छुक किसानलाई ज्ञान केन्द्रले डेढ महिनाअघि सार्वजनिक सूचना जारी गरी जग्गाको धनीपूर्जासहित आवेदन माग गरेको थियो । यसको केही दिनमै ६५० जनाभन्दा बढी किसानले निवेदन दिएपछि बोरिङ कसलाई दिने कसलाई नदिने अन्यौलता परेको कृषि ज्ञान केन्द्रका प्रमुख मनिष पालले बताउनुभयो । पालले भन्नुभयो, अनुदानका लागि साढे ६ सय किसानको निवेदन परेको छ । प्रदेशले भने ३० जनाका लागि मात्र कोटा पठाएको छ, सबैको चित्त कसरी चित्त बुझाउने समस्या भएको छ ।ू

कृषि ज्ञान केन्द्रको रेकर्ड अनुसार महोत्तरीमा ७१ हजार ५१७ हेक्टर खेती योग्य जमिनमध्ये ३२ प्रतिशत भूमिमा मात्र सिँचाइ पुगेको छ । नदीनाला तथा भूमिगत जलश्रोत सुक्दै गएकाले भएका सिँचाइ पनि भरपर्दो छैन । सिँचाइ अभावले अपेक्षित उत्पादन हुन नसक्दा किसानहरू मर्कामा पर्दै आएका छन् । सरकारले पनि भरपर्दो सिँचाइका लागि चासो नदिँदा कृषि क्षेत्र घाटाको खेती भएको गौशाला १० का कृषक दिनेश महतोले किसानका पीडा सुनाउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...