सत्र वटा सडक पुल निर्माणाधीन

Published on

काठमाडौं । बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन गर्न काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा सडक पुल निर्माणको कामले गति लिएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत प्रादेशिक सडक पुल कार्यक्रम अन्तर्गत जिल्लामा १७ वटा पुल निर्माणको काम अघि बढेको हो ।

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ९सिडिई० राजु श्रेष्ठले चालु आर्थिक वर्षमा कार्यालयले काभ्रेपलाञ्चोकमा १७ वटा र भक्तपुरमा सात वटा गरी २४ वटा सडक पुल निर्माण गर्ने बताउनुभयो । उहाँले कुल सडक पुलमध्ये २२ वटा सडक पुल कार्यान्वयनमा गएकोमा एउटाको काम समय अगावै सम्पन्न भइसकेको भन्दै दुई वटा सडक पुलको बोलपत्र आह्वान भई कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्ले–बालुवा जोड्ने डाँफे खोला पुल सम्झौताको अन्तिम मितिभन्दा नौ महिनाअघि नै सम्पन्न भएको बताउनुभयो ।

उहाँले कार्यालयले समयमा नै सडक निर्माणको काम सम्पन्न गर्न तदारुकताका साथ काम अघि बढाएको बताउँदै काम सुरु भएका सडक पुलमध्ये काभ्रेपलाञ्चोकमा काम भइरहेका १७ वटा पुलमध्ये ११ वटा र भक्तपुरमा काम भएकामध्ये चार वटा पुलको काम असार मसान्तभित्र सम्पन्न हुने बताउनुभयो । उहाँले निर्माण सुरु गरिएका अधिकांश सडक पुलमा फाउन्डेसन उठाउने काम भइरहेको, हालसम्म तीन वटा पुलको स्ल्याब ढलानको काम सम्पन्न भएको र केही पुलमा स्ल्याब ढलानको तयारीसमेत भइरहेको बताउनुभयो । सिडिई श्रेष्ठले कार्यालयले सुरु गरेका सडक पुल निर्माण सम्पन्न भएपछि बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन हुने भन्दै यस वर्ष काभ्रेको मण्डनदेउपुर र बेथानचोकमा एक एक वटा झोलुङ्गे पुल निर्माण हुने बताउनुभयो । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...