ऐतिहासिक भैरवी डाँडा जाने बाटो ढलान

Published on

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाको ऐतिहासिक पर्यटकीय स्थल भैरवी डाँडा पुग्ने बाटोको ढलान कार्य तीव्र पारिएको छ । गाउँपालिका – ७ सिमालटारदेखि त्यस ऐतिहासिक ठाउँ भैरवी डाँडा सम्म पुग्न निकै सास्ती भोग्नु परेकाले गाउँपालिकाको विशेष पहलमा बजेट माग गरी ढलान गर्ने कार्य अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेनाले जानकारी दिनु भयो ।

यस क्षेत्र पृथ्वी राजमार्गको मुख्य नजिक भएता पनि बत्ती मुनिको अध्यरो जस्तो बन्न पुगेको उहाँको भनाई छ । भौगोलिक रूपमा बिकट भएकाले पनि बाटो बिग्रिएर जोखिमपूर्ण यात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू बाध्य भएका थिए । बिग्रिएको बाटोलाई सुधार गर्न सङ्घीय कार्यान्वयन इकाई कास्की पोखराको लगानीमा ढलान गरिएको हो । झन्डै एक करोड ७० लाख रुपैयाँको बजेटमा २०८० साल पुस २८ गते सङ्घीय कार्यान्वयन इकाई कास्की र माधव भैरवी निर्माण कम्पनी बिच ठेक्का सम्झौता भएको थियो । त्यस लगत्तै निर्माण कम्पनीले ढलान बाटो निर्माण कार्य तीव्र रूपमा काम सुरु गरेको साइड इन्जिनियर पङ्गेनीको भनाई छ ।

समुन्द्र सतहबाट चुर्लिङ हुँदै भैरवी डाँडा सम्म झन्डै ३४ सय मिटर उचाइ रहेकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूलाई ढलान बाटोले निकै सहज हुने वडा अध्यक्ष रेग्मीले विश्वास व्यक्त गर्नु भयो । यस बाटो ढलानले गण्डकी गाउँपालिकालाई राम्रो आम्दानी हुने पनि विश्वास गरिएको छ । डेढ किलोमिटर ५।५ मिटर फराकिलो ढलान बाटो सँगै नालीको काम पनि अघि बढिरहेको सङ्घीय कार्यान्वयन इकाई कास्कीका साइड इन्जिनियर पुरुषोत्तम पङ्गेनीले जानकारीले दिनु भयो । उहाँका अनुसार यस ठेक्का सम्पन्न गर्नु पर्ने म्याद २०८१ असार मसान्त सम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । तोकिएको समय सीमा भन्दा पनि पहिले नै निर्माण कम्पनीले काम सम्पन्न हुने गरी काम अघि बढाएको साइड इन्जिनियर पङ्गेनीको भनाई छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...