आजको मौसमः आंशिक बदली रहने

Published on

काठमाडौं । देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आइतबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना छ । सोमबार पनि केही ठाउँमा हिमपातको सम्भावना छ । मुलुकमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...