बाँकेमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका प्रमुख बजारहरूको अनुगमनलाई निरन्तर जारी राखेको छ । प्रशासनले बजार अनुगमनलाई निरन्तर जारी राखेको थाहा पाउँदा पाउँदैपनि बजारमा म्याद नाघेका सामग्रीहरू छ्यापछ्याप्ती राखिएका छन् ।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय बाँकेको बजार अनुगमन समितिले बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानीका पसलहरूमा अनुगमन गर्दा म्याद गुज्रेका सामानहरू व्यापक मात्रामा भेटिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बजार अनुगमनका क्रममा चिसापानीका अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हुँदा नष्ट गरिएको बताउनुभयो । उहाँले चिसापानी क्षेत्रका १२ वटा पसलहरूमा अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रेको सामान पाइएकाले ती सामान नियन्त्रणमा लिएर नष्ट गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, चिसापानीको भेरी कर्णाली किराना स्टोरमा म्याद ग्रजिएको ७० लिटर कोल्ड ड्रिंक्स र भुजिया २६ प्याकेट गरेर सात हजार २६० रुपियाँ मूल्य बराबरको सामान र सम्राट् एन्ड लक्की किराना पसलमा म्याद गुज्रेको दुई हजार मूल्य बराबरको १५ प्याकेट सोन पापडी मिठाई भेटिएको थियो ।

सोही प्रकारले दीपक किराना पसलमा एक हजार पाँच सय मूल्य बराबरको म्याद गुज्रेको १५ लिटर कोल्ड ड्रिंक्स र विवेक किराना स्टोरमा म्याद गुज्रेको दुई लिटर जुस चार सय मूल्य बराबरको भेटिएको थियो । म्याद गुज्रेका ती सबै सामानहरू नष्ट गरिएको बाँके प्रशासनले जनाएको छ । म्याद गुज्रिएका सामान फेला परेका पसल र अन्य पसल व्यवसायीलाई पनि म्याद गुज्रेका, सडेगलेका, अखाद्य सामग्री पसलमा नराख्न कडा चेतावनी दिइएको बाँकेका प्रजिअ पोखरेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा विभिन्न सरोकारवाला निकायहरू समेतको सहभागितामा बैजनाथ गाउँपालिकाको चिसापानी क्षेत्रमा बजार अनुगमन गरिएको थियो । यो बजार अनुगमन फरक फरक स्थानमा निरन्तर जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...