यमनी हुथी र हमास विद्रोहीबिच गाजा युद्धबारे छलफल

Published on

काठमाडौं । हमास र यमनका हुथी विद्रोहीका शीर्षस्थ व्यक्तिहरूबिच इजरायलविरुद्ध आफ्ना गतिविधिहरू सञ्चालन गर्न समन्वय गर्ने विषयमा छलफल गर्न दुर्लभ बैठक गरेको प्यालेस्टिनी स्रोतहरूले शुक्रबार एएफपीसँग बताएका छन् ।

हमास र यमनी हुथी समूहले ‘इजरायलको गाजामा भइरहेको कारबाहीको प्रतिरोध’ गरिरहेका छन् । इराननिकट यी समूहजस्तै लेबनानको हिजबुल्लाह र केही इराकी लडाकु समूहको पनि इजरायल तथा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण व्यवहार रहेको छ । गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता हुथी विद्रोहीले गाजामा प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाउँदै इजरायलसँग सम्बन्धित पानीजहाजलाई निशाना बनाएको भन्दै महिनौँदेखि रेड सिको बाटो भएर आवतजावत गर्ने पानीजहाजमा आक्रमण गर्दै आएका छन् । हमास र इस्लामिक जिहाद निकटस्थ स्रोतका अनुसार दुई प्यालेस्टिनी इस्लामिक समूहका साथै ‘प्यालेस्टिनी माक्र्सिस्ट पपुलर फ्रन्ट’का नेताहरूले गत हप्ता हुथी प्रतिनिधिहरूसँग ‘महत्त्वपूर्ण बैठक’ गरेका थिए ।

हमास निकट स्रोतले बैठक कहाँ भएको थियो भन्ने उल्लेख नगरी यी समूहहरूले गाजा युद्धको ‘अर्को चरण’ का प्रतिरोधका गतिविधिहरूका लागि समन्वय गर्ने संयन्त्र’ बारे छलफल गरेका थिए । प्यालेस्टिनी समूह र हुथी विद्रोहीसमूहले दक्षिणी गाजाको रफाहमा इजरायली स्थलआक्रमण हुनसक्नेबारे पनि कुराकानी गरेको नाम उल्लेख नगर्ने सर्तमा स्रोतले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा हमासको अन्तिम किल्ला रफाह र आसपासका क्षेत्रमा करिब १५ लाख मानिसको भीड लागेको छ जसमध्ये अधिकांश विस्थापित भएका छन् र इजिप्टको सीमानजिक कमजोर जीवनयापनको अवस्थामा छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रबार रफाहमा सैन्य कारबाही गर्ने सेनाको योजनालाई स्वीकृति दिएको जनाएको छ । हमास र इस्लामिक जिहादस्रोतका अनुसार हुथी विद्रोहीले ‘प्यालेस्टिनी प्रतिरोधलाई समर्थन गर्न’ रेड सीबाट आवतजावत गर्ने पानीजहाजमा आक्रमण जारी राख्ने बताएका छन् ।

यमनी विद्रोही हुथी समूहका नेता अब्दुल मलिक अल–हुथीले बिहीबार दक्षिण अफ्रिकाको ‘केप अफ गुड होप’ पार गर्दै रेड सीबाट टाढा रहेका पानीजहाजलाई लक्षित गरी आक्रमण विस्तार गरिने बताएका छन् । अक्टोबर ७ मा हमासको अकल्पनीय आक्रमणबाट इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीद्वारा पुष्टि गराएको तथ्याङ्कमा उल्लेख छ । प्यालेस्टिनी लडाकुहरूले करिब २५० जना इजरायली र विदेशी बन्धकलाई पनि कब्जामा लिएका थिए, जसमध्ये करिब १०० जना लाई नोभेम्बरमा एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो । इजरायलले गाजामा करिब १३० जना बन्दी रहेको र तीमध्ये ३२ जनाको मृत्यु भएको अनुमान गरेको छ । इजरायलले हमासविरुद्ध गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३१ हजार ४९० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...