शुक्लाफाँटास्थित चौधर नदीमा घडियाल छोडियो

Published on

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित चौधर नदीमा २५ वटा घडियाल छोडिएको छ। यो निकुञ्जमा घडियाल गोही नभएकाले चितवन राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्र कसराबाट ल्याएर घडियाल छोडिएको हो। गोही स्थानान्तरण गर्नका लागि कार्यदल गठन गरिएको थियो।विज्ञ तथा प्राविधिकको टोलीले चौधर नदी घडियालको वासस्थानका लागि उपयुक्त रहेको निष्कर्ष निकालेपछि प्रजनन केन्द्रबाट ल्याएर गोही छोडिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो।

नदीमा छोडिएका घडियालहरू पाँचदेखि छ वर्षसम्मका रहेका छन्।१५ वर्षको भएपछि बल्ल घडियालले प्रजनन गर्ने र अण्डा दिने गरेका जनाइएको छ। सन १९८० सम्म शुक्लाफाँटास्थित महाकाली र चौधर नदीमा घडियाल गोही देखा परेको अभिलेख छ।तर, जथाभाबी माछा मार्ने लगायतका कारणले त्यसपछि यी नदीमा घडियाल देखिन छाडेका थिए। प्राकृतिक रूपमा रहेका घडियाल हराएपछि वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाँटामा पहिलो पटक स्थानान्तरण गरेर २५ वटा घडियाल गोही ल्याइएको हो।मन्त्रालयले यहाँ जम्मा ५० वटा घडियाल स्थानान्तरण गर्ने निर्णय गरेको छ।थप २५ घडियाल अर्को वर्ष ल्याइने सूचना अधिकारी ऐरले बताउनुभयो।

स्वच्छ पानीमा बस्न रुचाउने घडियाल प्राकृतिक सूचक पनि मानिन्छ।घडियाल शुद्ध र सफा पानीमामात्रै बस्न मन पराउने गर्दछन्।लोपोन्मुख सूचीमा रहेका कारणले नेपालमा घडियालको अस्तित्व कायम राख्नका लागि चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र स्थापना गरिएको छ।दुवै प्रजनन केन्द्रमा हुर्किएकामध्ये हालसम्म एक हजार ८८२ घडियाल नेपालको विभिन्न नदीमा छोडिएको छ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...