घरजग्गाको कारोबारबाट एक अर्ब अट्ठाइस करोड राजस्व सङ्कलन

Published on

काठमाडौं । फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत माघ महिनामा एक अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ रुपियाँ सङ्कलन भएको थियो । माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार आएसँगै राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार फागुन महिनामा ५० हजार ९९८ वटा लिखत पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९२१ वटा सङ्ख्यामा मात्रै भएको थियो । माघ महिनामा पाँच हजार ४८० वटा नामसारी भएकोमा फागुन महिनामा पाँच हजार ६९९ वटा नामसारी भएको विभागको तथ्याङ्कले देखाएको छ । माघ महिनामा २५ वटा अपार्टमेन्टको लिखत पारित भएकोमा फागुन महिनामा थोरै मात्रै अङ्कले सुधार भएर २९ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । विभागका अनुसार चालु आवको साउन महिनामा ३९ हजार २६३ लिखत पारित र तीन हजार १५९ नामसारी भएको छ । यस्तै भदौ महिनामा लिखत पारित ३५ हजार ६८६ र नामसारी दुई हजार ८४३ वटा भएकोमा असोज महिनामा ३९ हजार ८८१ लिखत पारित र तीन हजार २३७ वटा नामसारी भएको थियो ।

कात्तिक महिनामा २६ हजार र मङ्सिर महिनामा ४१ हजार ८५१ र पुस महिनामा ४५ हजार २७७ सङ्ख्यामा घरजग्गाको लिखत पारित भएको थियो । कोरोना महामारीपछि लामो समयसम्म मन्दीले सुस्ताएको घरजग्गाको कारोबार पछिल्लो समय सुधारोन्मुख हुँदै गएको कारोबार तथ्याङ्कले देखाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...