बालबालिकासँग टोयोटाले माग्यो कारको डिजाइन, नेपालबाट ९ जना छनोट

Published on

काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ।

आइतबार काठमाडौंमा १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको हो। सिण्डिकेन्टले नेपालबाट १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि ९ जना विद्यार्थी छनोट गरेको छ। कार्यक्रमका क्रममा बोल्दै सिण्डिकेन्टका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिस्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरुलाई जापान विश्वस्तरको प्रतिस्पर्धाका लागि जापान पठाइने बताउनुभयो। उहाँले युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले तीन क्याटोगरीमा सात वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्मा विभाजन गरेर तीन क्याटोगरीबाट समान ३र३ जना छनोट गरेको बताउनुभयो। ७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट मा नेपालमा आठ सय बढी विद्यार्थीले सहभागिता जनाएको बताउनुभयो। यसले साना बालबालिकाको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने बताउनुभयो। सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...