अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

Published on

काठमाडौं । अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण करिब सात सय जना व्यक्ति अलपत्र परेका छन् ।

अस्ट्रेलियाली प्रतिरषा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्दालाई बाहिर निकाल्ने प्रयास गरेको तर सोमबार विमान अवतरण गर्ने प्रयासमा खराब मौसमका कारण बाधा पुगेको थियो । सोमबार दिउँसो आएको हावाहुरीका कारण स्थानीयवासीलाई समुदायमा आश्रय लिन आग्रह गरिएको छ । जोखिमका हिसाबले तेस्रो तहको आँधीका रूपमा वर्गीकरण गरिएको यो मौसमी विपत्तिका कारण उक्त क्षेत्रमा १७० देखि २०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाहुरी चलेको मौसम विज्ञान विभागले जनाएको छ । विपद् व्यवस्थापनमामिला मन्त्री मुरे वाटले भन्नुभयो, “खराब मौसमले गर्दा सोमबार प्रभावित क्षेत्रबाट नागरिकलाई खाली गर्ने काममा कठिनाई भएको थियो । थप जनशक्ति तैनाथ गरी प्रभावित क्षेत्रमा आज उद्धारकार्य जारी राखिनेछ ।” राससरएएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...