सामुदायिक विद्यालय व्यवस्थापन महासंघ समिति गठन

Published on

 सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ । कोशी ३ स्थित श्री राट्रिष्य माध्यमिक विद्यालयमा गाउँपालिकाभरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाले सुलेमान मंसुरीको अध्यक्षतामा १५ सदस्य महासंघ समति गठन गरेको हो । 

त्यस्तै, उपाध्यक्षमा मोहमद मु ,सचिवमा राजकुमार यादव(अध्यक्ष, सप्तकोशी मा.वि), सहसचिवमा श्याम सदा (कोशी जनता मावि) र कोषाध्यक्षमा निर्मला सरदार चयन हुनुभएको छ । सदस्यहरुमा महेन्द्र यादव, समसुल मंसुरी, जोगिन्द्र उराँव, रामपृत मण्डल, बसिर मंसुरी, मुतुर्जा अंसारी, श्यामकुमार सिंह , कासिम मंसुरी, सरितादेवी उराँव र समसुल अंसारी चयन हुनुभएको छ । सो अवसरमा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेश सचिव हरिबहादुर कार्की, शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, श्री राष्टिय मा.वि का प्रधानाध्यापक हरिकृष्ण प्रसाद राउत, महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादव, महासंघ हरिनगर अध्यक्ष युवक मुखिया लगायतले बोल्नुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...