सामुदायिक विद्यालय व्यवस्थापन महासंघ समिति गठन

Published on

 सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ । कोशी ३ स्थित श्री राट्रिष्य माध्यमिक विद्यालयमा गाउँपालिकाभरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाले सुलेमान मंसुरीको अध्यक्षतामा १५ सदस्य महासंघ समति गठन गरेको हो । 

त्यस्तै, उपाध्यक्षमा मोहमद मु ,सचिवमा राजकुमार यादव(अध्यक्ष, सप्तकोशी मा.वि), सहसचिवमा श्याम सदा (कोशी जनता मावि) र कोषाध्यक्षमा निर्मला सरदार चयन हुनुभएको छ । सदस्यहरुमा महेन्द्र यादव, समसुल मंसुरी, जोगिन्द्र उराँव, रामपृत मण्डल, बसिर मंसुरी, मुतुर्जा अंसारी, श्यामकुमार सिंह , कासिम मंसुरी, सरितादेवी उराँव र समसुल अंसारी चयन हुनुभएको छ । सो अवसरमा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेश सचिव हरिबहादुर कार्की, शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, श्री राष्टिय मा.वि का प्रधानाध्यापक हरिकृष्ण प्रसाद राउत, महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादव, महासंघ हरिनगर अध्यक्ष युवक मुखिया लगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...