साङ्केतिक भाषा प्रशिक्षण फरक क्षमता भएकालाई

Published on

काठमाडौं । स्याङ्जाको चापाकोटमा दुई महिने साङ्केतिक भाषा प्रशिक्षण सञ्चालन गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरुको पहुँच बढाउन नगरपालिकाले भाषा तालिम सञ्चालन गरेको हो ।

पालिकाले प्रवाह गर्ने सेवा तथा अन्य गतिविधिमा फरक क्षमता भएकाहरुको पहुँच बढाउन र उनीहरुलाई निर्णय तहमा सहभागी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको चापाकोट नगरपालिकाका प्रमुख देब बहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । पालिकाका हरेक गतिविधि, सभा तथा कार्यक्रमलाई साङ्केतिक भाषा मार्फत सूचना प्रवाह गर्ने योजना रहेको प्रमुख खाँणको भनाइ छ । फरक क्षमता भएकाहरुले सेवा लिन समस्या भएको गुनासो आएपछि यस्तो प्रकृतिको तालिम सञ्चालन गरिएको नगर उपप्रमुख ईशा रानाले बताउनुभयो । महिला, बालबालिका मात्रै होइन सुन्न र बोल्न नसक्ने पुरुषहरु समेत सेवा लिन असमर्थ हुँदै आएका भन्दै उपप्रमुख रानाले अव उनीहरुलाई प्रत्यक्ष फाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पालिकामा फरक क्षमताका अवस्थामा रहेकाहरुको संख्या दुई सय ५० रहेको छ । भने सुन्न र बोल्न नसक्ने प्रकृतिका मानिसहरुको सङ्ख्या २० जना रहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिनुभयो । चापाकोट अपाङ्ग संघको सहजीकरणमा भएको तालिममा फरक क्षमता भएकाहरु सहित गरी ३० जनाको सहभागिता रहेको थियो । तालिममा अस्मिता खनालले प्रशिक्षण दिनु भएको थियो । संघले यसअघि फरक क्षमता भएकाहरुलाई उद्यमशीलतामा जोड्न विभिन्न तालिमहरु सञ्चलन गर्दै आएको छ । उनीहरुकै माग र आवश्यक्ताका आधारमा अचार बनाउने, मोडा बुन्ने लगायतका तालिमहरु सञ्चालन गर्दै आएको चापाकोट अपाङ्ग संघका अध्यक्ष सुनिता थापाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...