माछा मार्ने जात्रा प्रदर्शन धुलिखेलमा

Published on

काठमाडौं । भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) मङ्गलबार धुलिखेलमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगणका विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा धुलिखेल नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको नवदुर्गा धुलिखेलमा ल्याइने चलन रहेको नवदुर्गा देवगण नारायणमान वनमालाले जानकारी दिनुभयो ।

धुलिखेलमा जात्रा सकिएलगत्तै नवदुर्गा श्रीखण्डपुर र चौकोट लगिने छ । नगरपालिकाले नवदुर्गा जात्राका अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदा गरेको छ । धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठुलो भोजनग्रहण) गराइएको छ । धुलिखेलवासी नवदुर्गा देवगणलाई आफ्नो कुल देवताका रूपमा पुज्दै आएका छन् । धुलिखेलको मुख्य पर्व र जात्राका रूपमा नवदुर्गाको ङालाकेगु जात्रालाई लिइन्छ । धुलिखेलवासीबाट नयाँ घर वा निवास निर्माण गर्दा र नयाँ व्यापार व्यवसाय खोल्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घरमा शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास छ । धुलिखेलवासी नवदुर्गा देवगणबाट मुख्य प्रसाद गोका पञ्चरङ्गी

धागो, (मोहनी) कालो टीका, (पासुका) तीनरङ्गी धागो ग्रहण गरी आफ्नो क्षमता अनुसार दक्षिणा चढाएर देवगणको सेवा गर्ने परम्परा छ । नाचले मल्लकालीन समयको संयुक्त परिवारको संरचना र रहनसहनबारे बताउने पनि वनमालाले जानकारी दिनुभयो । मुकुन्डो लगाएर १९ जना देवगण रहने यो नाचमा १३ जनाले मकुन्डो लगाएर नाच्ने प्रचलन छ । नवदुर्गा अर्थात् माछा मार्ने जात्रामा भैरव, महाकाली, वाराही, गणेश, व्रह्मायणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव र श्वेतभैरवका रूपमा देवगणले नाच्ने गर्छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...