एनभिए भलिबल एभरेष्ट क्लब र नेपाल पुलिस फाइनलमा

Published on

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा बिहीबार पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । अर्को सेसिफाइनल खेलमा तीन जना भारतीय खेलाडीको साथ पाएको एभरेष्टले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपिएफमाथि शसक्त प्रदर्शन गरेको पुलिसले २७–२५, २५–२२, २८–३०, २५–१७ को जित निकालेको थियो । यस्तै एभरेष्टले न्यु डायमन्डमाथि २५–२०, २५–१२, २५–१८ को सजिलो जित हात पारेको थियो । यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनमा स्थान बनाएको छ । पुलिसले २५–१३, २५–१६, २५–१३ को सहज जित निकालेको हो । नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । फाइनल खेल शनिबार हुनेछ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...