एनभिए भलिबल एभरेष्ट क्लब र नेपाल पुलिस फाइनलमा

Published on

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा बिहीबार पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । अर्को सेसिफाइनल खेलमा तीन जना भारतीय खेलाडीको साथ पाएको एभरेष्टले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपिएफमाथि शसक्त प्रदर्शन गरेको पुलिसले २७–२५, २५–२२, २८–३०, २५–१७ को जित निकालेको थियो । यस्तै एभरेष्टले न्यु डायमन्डमाथि २५–२०, २५–१२, २५–१८ को सजिलो जित हात पारेको थियो । यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनमा स्थान बनाएको छ । पुलिसले २५–१३, २५–१६, २५–१३ को सहज जित निकालेको हो । नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । फाइनल खेल शनिबार हुनेछ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...