बहराइन र नेपाल भिड्दै

Published on

काठमाडौं । फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) राति बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बहराइनको राष्ट्रिय रङ्गशालमा नेपाली समयअनुुसार राति १२.४५ बजे सुरु हुनेछ ।

नेपालले घरेलु मैदान दशरथ रङ्गशालामा खेल्नुपर्ने पहिलो खेल पनि बहराइनमै खेल्न लागेको हो । दशरथ रङ्गशाला मैदान खेलका लागि उपयुक्त नभएकोले नेपालले बहराइनसँगको होम र अवे दुवै खेल उसैको मैदाननमा खेल्न लागेको हो । नेपालले दोस्रो लेग चैत १३ गते खेल्नेछ । विश्वकप छनोटअन्तर्गत एसियाली छनोटको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार खेपेको थियो । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपालले पहिलो चरणको खेलमा भने लाओसलाई समग्रमा १–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । नेपाल बहराइनसँग खेल्नुअघि मलेसियासँग उसैको मैदानमा खेलेर बहराइन गएको हो । नेपाल मलेसियासँगको मैत्रीपूर्ण खेलमा ५–१ गोलले पराजित भएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...