पाँच राजनीतिक दलको नाम परिवर्तन

Published on

काठमाडौं । निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ । थप एउटा दलले नाम परिवर्तनका लागि आयोगसमक्ष निवेदन दिएको छ ।

आयोगले किरात खम्बुवान साझा पार्टी, नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले नाम परिवर्तनका लागि दिएको निवेदन अनुसार पाँच वटै दलको प्रस्तावित नाम स्वीकृत गरेको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको यही चैत ८ गते बिहीबारको बैठकले गरेको निर्णय अनुसार ताम्सालिङ लोकतान्त्रिक पार्टीको नाम ‘जनप्रिय लोकतान्त्रिक पार्टी’, नेपाल सुकुमवासी पार्टीको नाम ‘नेपाल जनता संरक्षण पार्टी’ तथा आमूल परिवर्तन मसिहा पार्टीको नाम ‘रिपब्लिक पार्टी नेपाल’ हुने भएको छ । आयोगका राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले नयाँ नाम स्वीकृत भएको दलको दर्ता मिति भने पुरानै कायम रहने बताउनुभयो । यसअघि गत फागुन २३ गतेको निर्णय अनुसार किरात खम्बुवान साझा पार्टीको नाम ‘राष्ट्रिय साझा पार्टी’ तथा नेपाल दलित पार्टीको नाम ‘नेपाल मानवतावादी पार्टी’ हुने भएको छ ।

कारण देखाऊ आदेश

दलको नाम परिवर्तन सम्बन्धमा आयोगको निर्देशनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले यही चैत २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा अदालतले कारण देखाऊ, अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । तमलोपाले आयोगले भने झैँ दलको नाम संविधानको मर्मविपरीत नभएको तर्कसहित रिट दायर गरेको थियो । सो दलले कुनै प्रचलित कानुनले दर्ता रहेको पार्टीको नाम परिवर्तन गर्न कुनै निर्देशन दिन सक्ने अधिकार निर्वाचन आयोगलाई नरहेको दाबी गरेको छ । दर्ता रहेको दलले कुनै कामकारबाही सञ्चालन गर्दा पालना गर्नुपर्ने विषय सम्बन्धमा निर्देशन दिन सक्ने भए पनि दलको नाम परिवर्तन गर्न दिइएको निर्देशन संविधान र प्रचलित कानुनबमोजिम नरहेको तमलोपाको जिकिर छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...