हजारबाट सुरु गरेको नर्सरी व्यवसाय करोडमा

Published on

काठमाडौं । एक हजार रुपियाँबाट सुरु गरेको व्यवसाय करोडमा पुग्यो भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो ।

कोहलपुर नगरपालिका–३, मैटहवाकी राजरानी थारूले कोहलपुरकै एक एग्रोभेटबाट पाँच सय रुपियाँको तरकारीको बिउ र पाँच सय रुपियाँको मलिलो माटो तथा पोली ब्याग खरिद गरेर सुरु गरेको नर्सरी व्यवसाय अहिले एक करोडमा पुगेको छ । आफूसँग भएको सात कट्ठा जमिन पनि बन्धकी राखेर दिदीको उपचार गराउँदा बिचल्ली भएको बेला पाँच सय रुपियाँमा खरिद गरेको बिउबाट घरमै तरकारीको दुई हजार बेर्ना उत्पादन गरी प्रतिबिरुवा तीन रुपियाँका दरले बिक्री गरेर व्यवसाय सुरु गरेको थारूले सम्झिनुभयो । उहाँले पाँच सय रुपियाँमा लौका, फर्सी, काँक्रा, करेला र घिरौँलाको बिउ खरिद गरेर बेर्ना उत्पादन गरी बिक्री गर्दा थोरै लगानीबाट सोचेभन्दा धेरै आम्दानी भएपछि हौसला बढेको बताउनुभयो ।

तरकारीको बेर्ना उत्पादनसँगै आफ्नो करेसाबारीमा क्लास्टिकको बिरुवा पनि उत्पादन गरेको राजरानीले बताउनुभयो । त्यहीबेला इलाका वन कार्यालय कोहलपुरका कर्मचारीले २० हजार रुपियाँ दिएर क्लास्टिकका एक लाख बिरुवा उत्पादन गर्न लगाए । सो रकमबाट एक लाख बिरुवा उत्पादन गरेर प्रतिबिरुवा एक रुपियाँका दरले बिक्री गरेर जम्मा भएको एक लाख रुपियाँले आफ्नो व्यवसाय फस्टाउनलाई ठुलो मद्दत भएको उहाँले बताउनुभयो । राजरानीले अहिले कोहलपुरमा दिपेश नर्सरी सञ्चालनमा ल्याउनुभएको छ । उहाँको नर्सरीमा अहिले खोजेको र रोजेको तरकारी, फलफूल र रुखका बिरुवा किन्न पाइन्छ । उहाँले कोहलपुरस्थित तरकारी बजारमा बिक्री केन्द्र नै राखेर बिक्री गर्दै आउनुभएको छ ।

उहाँले थप्नुभयो, “एक हजार रुपियाँबाट सुरु गरेको व्यवसाय एक करोडमा पुग्ला भन्ने कल्पनासमेत गरेको थिएन तर गरेपछि सबै सम्भव हुँदो रहेछ । अहिले हाम्रो नर्सरीमा उत्पादन भएका विभिन्न बोटबिरुवा देशको ५४र५५ जिल्लामा पुग्ने गरेको छ ।” राजरानीले युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबाट सुरुमा बढाउन १० हजार रुपियाँ ऋण लिनुभयो । उक्त ऋण चुक्ता गरेपछि २० हजार लिनुभयो । अहिले उहाँले सात लाख रुपियाँ ऋण लिएर मासिक २५ हजार रुपियाँ किस्ता बुझाउनुहुन्छ । अहिले महिनामा सरदर दुई लाख रुपियाँको व्यवसाय हुने गरेको जनाउँदै उहाँले यहीँबाट कमाएर म्याक्सिमा अटो र मोटरसाइकल किनेको, टनेल, पोली हाउस टनेल बनाएको राजरानीको भनाइ छ । आफ्नो व्यवसायमा श्रीमान् रामदयाल थारूले दिनरात सहयोग गर्ने गरेको जनाउँदै उहाँले आँट गर्ने हो भने पैसा कमाउन विदेश जानै नपर्ने बरु स्वदेशमै जति पनि कमाउन सकिने आफूले प्रमाणित गरेर देखाएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...