मधेस प्रदेशमा बिदा जनकपुरधाममा आज होली मनाइँदै,

Published on

काठमाडौं । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धूमधामका साथ मनाइँदै छ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् ।

पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तः गृह (पञ्चकोशी) परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका आज मनाउन लागिएको हो । यति मात्रै होइन जनकपुरधाममा केहीले बुधबार पनि होली मनाउने जनाइएको छ । जनकपुरधामबाहेक मधेस प्रदेशका अन्य जिल्ला तथा जनकपुरधाम अवस्थित धनुषा जिल्लाकै विभिन्न ठाउँमा सोमबार नै होली मनाइसकिएको छ । होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ्ग हालेर एकअर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । होलीका लोकगीत, सङ्गीतले आज बिहानदेखि जनकपुरधाम गुञ्जायमान भएको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुनको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिस्क्याउने प्रचलन छ ।

यहाँ फागु पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अबिर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एकअर्कालाई अँगालो मारी माया–प्रेम बाँड्ने चलन छ । दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एकअर्कालाई अबिर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ । मधेसको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबिचको सम्बन्ध बढाउने, माया साटासाट गर्ने र भ्रातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ । त्रेतायुगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दुध खुवाउन गएकी कंसकी सेना पृतना नामकी राक्षसीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई व्रजवासीले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसीयाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चिरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । यस अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले जनाउनुभएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...