चैते धान रोपाइँको चटारो

Published on

काठमाडौं । पॉचथरका किसान यतिबेला चैते (बर्से) धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम साता सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ ।

कोही खेत जोत्न, कोही हिलोआली गर्र्न, दाँते र फ्याउरी लगाएर हिलो माटो मिलाउन त कोही बिउ काढ्न व्यस्त छन् । चैते धान राप्न सरकारी सहयोग नपाँउदा परम्परागत खेती प्रणाली र आफ्नै अनुभवमै निर्भर हुनु परेको गुनासो कृषकको छ । यतिबेला रोपेको धानमा लाग्ने रोग र फड्के किराले झन्झट दिने भएकाले बर्सेनि उत्पादनमा ह्रास आउन थालेको किसानहरू बताउँछन् । “अघिल्लो वर्ष असारमा आएको बाढीले पाक्न लागेको धान बगायो, हेवा र फेमे खोला आसपासका खोलाबाट बिजुली उत्पादन गर्ने हाइड्रोपावर सञ्चालनमा आएपछि कुलो ल्याउने मुहना सुके, पहिले चैत पहिलो साता रोपिसक्ने धान आधा महिना बितिसक्दासम्म मध्य भएको छैन, पानीको अभाव त छ‘दै छ रोपिसकेपछि लाग्ने रोग किराको उपचारमा प्राविधिक सहयोग छैन,” फिदिम–४ का किसान रामकुमार श्रेष्ठले गुनासो राख्नुभयो ।

“रोपेको धानमा रोग लाग्छ, रोगको औषधी, मल त परै जाओस् प्राविधिक सल्लाहसम्म पाइन्न, सरकारले किसानलाई सेवा दिन नियुक्ति गरेका कर्मचारी कहाँ छन् देख्नसम्म पाइन्न,” अर्का किसान लोकबहादुर बुढाक्षेत्रीले भन्नुभयो । फागुनमा ब्याड राखेर चैतमा रोपिने भएकाले यो धानलाई ‘चैते’ भनिएको हो । यसलाई बर्से अर्थात् बर्खे पनि भनिन्छ । असारमा पाक्ने भएकाले वर्षायाम र त्यसपछि आउने चाडपर्वको भरथेग यही धानले गर्ने गरेको किसानहरू बताउँछन् । चैते धान तराई, पहाडी र उच्च पहाडी मात्रै नभएर हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने गरेको छ । यो धान कोशी प्रदेशमा पर्ने पहाडी र उच्च पहाडीसँगै हिमाली जिल्लामा १२ हजार ३२७ हेक्टरमा खेती गरिन्छ । यसको उत्पादन ५० हजार ५०१ मेट्रिक टन रहेको छ । जसमध्ये हिमाली जिल्ला ताप्लेजुङमा २०७ र सोलुखुम्बुमा ७७ हेक्टर जमिनमा चैते धान रोपिने गरेको बाली विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । बजेट अभावमा किसानसम्म चैते धानसँग सम्बन्धित कार्यक्रम पु¥याउन नसकेको कृषि ज्ञान केन्द्र पॉचथरका कृषि प्रसार केशर मग्राती बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...