चैते धान रोपाइँको चटारो

Published on

काठमाडौं । पॉचथरका किसान यतिबेला चैते (बर्से) धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम साता सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ ।

कोही खेत जोत्न, कोही हिलोआली गर्र्न, दाँते र फ्याउरी लगाएर हिलो माटो मिलाउन त कोही बिउ काढ्न व्यस्त छन् । चैते धान राप्न सरकारी सहयोग नपाँउदा परम्परागत खेती प्रणाली र आफ्नै अनुभवमै निर्भर हुनु परेको गुनासो कृषकको छ । यतिबेला रोपेको धानमा लाग्ने रोग र फड्के किराले झन्झट दिने भएकाले बर्सेनि उत्पादनमा ह्रास आउन थालेको किसानहरू बताउँछन् । “अघिल्लो वर्ष असारमा आएको बाढीले पाक्न लागेको धान बगायो, हेवा र फेमे खोला आसपासका खोलाबाट बिजुली उत्पादन गर्ने हाइड्रोपावर सञ्चालनमा आएपछि कुलो ल्याउने मुहना सुके, पहिले चैत पहिलो साता रोपिसक्ने धान आधा महिना बितिसक्दासम्म मध्य भएको छैन, पानीको अभाव त छ‘दै छ रोपिसकेपछि लाग्ने रोग किराको उपचारमा प्राविधिक सहयोग छैन,” फिदिम–४ का किसान रामकुमार श्रेष्ठले गुनासो राख्नुभयो ।

“रोपेको धानमा रोग लाग्छ, रोगको औषधी, मल त परै जाओस् प्राविधिक सल्लाहसम्म पाइन्न, सरकारले किसानलाई सेवा दिन नियुक्ति गरेका कर्मचारी कहाँ छन् देख्नसम्म पाइन्न,” अर्का किसान लोकबहादुर बुढाक्षेत्रीले भन्नुभयो । फागुनमा ब्याड राखेर चैतमा रोपिने भएकाले यो धानलाई ‘चैते’ भनिएको हो । यसलाई बर्से अर्थात् बर्खे पनि भनिन्छ । असारमा पाक्ने भएकाले वर्षायाम र त्यसपछि आउने चाडपर्वको भरथेग यही धानले गर्ने गरेको किसानहरू बताउँछन् । चैते धान तराई, पहाडी र उच्च पहाडी मात्रै नभएर हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने गरेको छ । यो धान कोशी प्रदेशमा पर्ने पहाडी र उच्च पहाडीसँगै हिमाली जिल्लामा १२ हजार ३२७ हेक्टरमा खेती गरिन्छ । यसको उत्पादन ५० हजार ५०१ मेट्रिक टन रहेको छ । जसमध्ये हिमाली जिल्ला ताप्लेजुङमा २०७ र सोलुखुम्बुमा ७७ हेक्टर जमिनमा चैते धान रोपिने गरेको बाली विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । बजेट अभावमा किसानसम्म चैते धानसँग सम्बन्धित कार्यक्रम पु¥याउन नसकेको कृषि ज्ञान केन्द्र पॉचथरका कृषि प्रसार केशर मग्राती बताउनुहुन्छ । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...