दन्त चिकित्सकहरूको क्षेत्रीय कार्यशाला

Published on

काठमाडौं । मुख तथा दन्त स्वास्थ्य सेवाका बारेमा विभिन्न जानकारी आदान प्रदान गर्ने उद्देश्यले यस क्षेत्रका दन्त चिकित्सकहरूको पहिलो क्षेत्रीय कार्यशाला नेपालगन्जमा सञ्चालन भएको छ । पछिल्लो अवस्थामा देखिएका दाँत सम्बन्धी नयाँ समस्या तथा तिनको समाधानका बारेको जानकारी छलफल गर्न दन्त चिकित्सकहरूको प्रत्यक्ष सहभागितामूलक कार्यक्रम पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा।प्रतीक श्रेष्ठले जानकारी दिनुभयो ।

सो कार्यशालाको उद्घाटन संयुक्तरुपमा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा।विनोद थापा र एसोसिएसनका बाँके अध्यक्ष डा।श्रेष्ठले गर्नुभएको थियो । डा।थापाले यस प्रकारका कार्यक्रमबाट चिकित्सकहरूले नयाँ(नयाँ कुराहरू सिक्ने र सो बाट बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने हुँदा यस्ता सम्मेलन समारोह निरन्तररुपमा गरिराख्न आयोजकलाई सुझाव दिनुभयो । चिकित्सकहरूबिच अनुभव आदानप्रदान, विचार विमर्श तथा छलफलद्धारा दन्त चिकित्सासम्बन्धी ज्ञान, सिप र धारणा साझा गर्ने कार्य कार्यशालामा भइरहेको डेन्टल एसोसिएसन बाँकले जनाएको छ । प्रत्यक्ष सहभागिता मूलक कार्यक्रमका माध्यबाट जानकारी आदानप्रदान गर्नका लागि सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

दन्त चिकित्सामा प्रयोग हुने नवीन प्रविधि यन्त्र, उपकरणलगायतका कुरामा सम्मेलनमा विस्तृतरुपमा छलफल भइरहेको एसोसिएसनका बाँके अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवम् औषधिजन्य पदार्थको प्रदर्शनी पनि राखिएको छ । कार्यशालामा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेतलगायतका ठाउँमा कार्यरत ६० बढी दन्त चिकित्सकहरूको सहभागिता रहेको डेन्टल एसोसिएसन बाँकेले जनाएको छ । दुई दिनको सो कार्यक्रममा वरिष्ठ चिकित्सकहरू डा।सुमन गौतम, डा।श्याम कुमार महर्जन र डा।मिलन अधिकारीले कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...