कौरा नाचको जर्गेना गर्न खुला कौरा प्रतियोगिता

Published on

काठमाडौं । कौरा नाच्न तथा गीत गाउन युवा पुस्तालाई सिकाउने र पुरानो संस्कृति जर्गेना गर्न तनहुँमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ । मिछुर्लुङ पर्यटन विकास समितिको आयोजनामा भिमाद नगरपालिका(५ स्थित मिछुर्लुङमा प्रतियोगिता हुने भएको हो ।

नेपालीहरुको नयाँ वर्ष आगामी वैशाख १ गते प्रतियोगिता गर्ने निर्णय भएको समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । थापाले भन्नुभयो, मगर समुदायको लोकप्रिय मौलिक नाच कौराको जर्गेना गरी गाउँको पर्यटन प्रवद्र्धन गर्ने र पर्यटन गतिविधिबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने मुख्य उद्देश्यले प्रतियोगिता गर्ने निर्णय गरिएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा लोकदोहोरी गायक राजु परियार र गायिका शिला आलेको सांस्कृतिक कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सहआयोजकमा मगर लाफा भिलेजका र मिछुर्लुङ साँस्कृतिक समूह रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...