कौरा नाचको जर्गेना गर्न खुला कौरा प्रतियोगिता

Published on

काठमाडौं । कौरा नाच्न तथा गीत गाउन युवा पुस्तालाई सिकाउने र पुरानो संस्कृति जर्गेना गर्न तनहुँमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ । मिछुर्लुङ पर्यटन विकास समितिको आयोजनामा भिमाद नगरपालिका(५ स्थित मिछुर्लुङमा प्रतियोगिता हुने भएको हो ।

नेपालीहरुको नयाँ वर्ष आगामी वैशाख १ गते प्रतियोगिता गर्ने निर्णय भएको समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । थापाले भन्नुभयो, मगर समुदायको लोकप्रिय मौलिक नाच कौराको जर्गेना गरी गाउँको पर्यटन प्रवद्र्धन गर्ने र पर्यटन गतिविधिबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने मुख्य उद्देश्यले प्रतियोगिता गर्ने निर्णय गरिएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा लोकदोहोरी गायक राजु परियार र गायिका शिला आलेको सांस्कृतिक कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सहआयोजकमा मगर लाफा भिलेजका र मिछुर्लुङ साँस्कृतिक समूह रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

अस्पताल सञ्चालनमा समस्या

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण...

तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’

काठमाडौं । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई...

बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम

काठमाडौं । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरुको नामावली प्रदेश...

बस्तीबाट अस्फाल्ट प्लान्ट हटाउन माग

काठमाडौं । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने...