एक दशकसम्म पनि भएन पुल निर्माण

Published on

काठमाडौं । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँको ऋसिङ गाउँपालिकाको गडगडीघाटको कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको निर्माण सुरु भएको १० वर्ष बित्न लाग्दासम्म तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएपछि स्थानीय चिन्तित भएका छन् ।

कालीगण्डकी कोरिडोर हुँदै बुलिङटारको कोखेबाट तनहुँको ऋसिङको मधुवन हुँदै रूपटार भएर भिमाद पुग्न पक्की पुलको निर्माण सुरु गरिएको १० वर्ष बित्न लाग्दा पनि काम हुन सकेको छैन । बुलिङटार गाउँपालिकाका पूर्वकार्यपालिका सदस्य गौतम दरैले चार वर्षमा सक्ने गरी अघि बढेको उक्त पुल अहिले अलपत्र अवस्थामा पुगेपछि स्थानीयले सङ्घीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । कालीगण्डकीमा सङ्घीय सरकारको बजेटबाट यहाँ पक्की पुलको निर्माण सुरु भएको १० वर्ष बित्न लाग्दा अहिलेसम्म पुलको तीन वटा खम्बा मात्र बनेका छन् । त्योभन्दा बढी कामै हुन नसकेको स्थानीय बुलिङटार–४ का पूर्ववडाध्यक्ष चेतबहादुर गोदामीमगरले बताउनुभयो । छ महिनाअघि ठेकेदार देखा परेको तर फेरि गायब भएकाले पुल कहिलेसम्म अलपत्र पर्ने हो ठेगान नभएको उहाँले बताउनुभयो । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले कालीगण्डकी नदीमा बन्न लागेको पक्की पुलको ठेक्का पाएको कम्पनी नागार्जुन कन्स्ट्रक्सनले चार वर्षमा सक्ने गरी ठेक्का लिएको र अहिलेसम्म २० प्रतिशत पनि काम हुन नसकेको बताउनुभयो ।

तनहुँस्थित ऋसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले यो पुल निर्माण अलपत्र परेपछि यसको ठेक्का लिएको ठेकेदारको बारम्बर खोजी गरिरहे पनि पत्ता लगाउन नसकिएको र स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराइएको बताउनुभयो । छ महिनाअघि सम्पर्कमा आएको ठेकेदारले काम सुरु गरेको भए पनि फेरि बिचमै काम छाडेर हिँडेपछि अहिले पुल अलपत्र अवस्थामा पुगेपछि स्थानीय प्रशासनले समेत चासो दिन थालेको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...