गन्धर्वको पहिचान संरक्षण गरिने

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गन्धर्व जातिको पहिचान संरक्षण गर्दै उनीहरूको विकास गरिने बताउनुभएको छ । उहाँले गन्धर्वहरूको मौलिक संस्कृति र पहिचान लोपोन्मुख अवस्थामा पुग्न लागेको भन्दै यसको संरक्षणको दायित्व प्रदेश सरकारले लिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

झापाको कचनकबल गाउँपालिका–२ स्थित गन्धर्व बस्ती पुगेका मुख्यमन्त्रीले सोमबार यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “कोशी प्रदेश सरकार सबैको पहिचानलाई सम्मान गर्छ र पहिचानको संरक्षणमा प्रतिबद्ध छ ।” सो अवसरमा गन्धर्वहरूले आफ्ना पीडा मुख्यमन्त्री कार्कीलाई सुनाएका थिए । मुख्यमन्त्री कार्कीले सामाजिक विभेद अन्त्य गर्न सबैको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीयको समस्या र दैनिकी बुझ्न आफैँ गन्धर्व बस्तीमा खाना खाने र बस्ने गरी आएको स्पष्ट पार्नुभयो । उहाँ सोमबार शिव गन्धर्वको घरमा खाना खाएर बास बस्नुभएको हो ।

कचनकबल गाविस–२ मा पर्ने सुकुनाडिगी र आदर्श टोलमा ४८ परिवार गन्धर्व बसोबास गर्ने गरेका छन् । तीमध्ये अधिकांश परिवारको पेट पाल्ने माध्यम सारङ्गी बजाउनु रहेको छ । दिनभर झापाका विभिन्न चोकबजार गएर सारङ्गी बजाई श्रोताले खुसीले दिएको पैसाबाट उनीहरूले पेट पाल्दै आएका छन् । मुख्यमन्त्री कार्कीले मङ्गलबार बिहान गन्धर्व बस्तीबाट फर्कंदा हुलाकी मार्ग तथा आसपासका विभिन्न विकास योजना तथा झापाको कनकाई खोलामा वर्षौंदेखि अलपत्र निर्माणाधीन कनकाई पुलको स्थलगत निरीक्षण पनि गर्नुभयो । उहाँलाई गौरीगन्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले कनकाईमा पुल नबन्दा भएका कठिनाइका विषयमा जानकारी गराउनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...