छत्तिसगढ भिडन्तमा मारिने नक्सलवादीकाे संख्या १८ नाघ्याे

Published on

छत्तीसगढ, ५ बैशाख । छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीच भीषण भिडन्त भएको छ ।

सो भिडन्तमा परी हालसम्म १८ नक्सलवादी मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साथै, ठूलो परिमाणमा हात हतियार समेत बरामद भएको छ । 

भारतीय सुरक्षा बलले पूरै क्षेत्रमा खोजी अभियान जारी राखेको छ । भिडन्तमा ४ जना सैनिक घाइते भएका छन । सो घटनाका सम्बन्धमा काँकेरको छोटाबेटिया प्रहरी चौकी अन्तर्गतको बिनागुण्डा र कोरोनार बीचको हापाटोला जंगलमा भएको हो ।

नक्सलवादीका चारवटा एके ४७ असल्ट राइफल पनि बरामद गरिएको छ। साथै २५ लाखको इनाम लिएका नक्सलवादी कमाण्डर शंकर राव पनि यस भिडन्तमा मारिएको भारतीय सुरक्षा बलले जानकारी दिएको छ ।

एडीजी नक्सल अपरेशन विवेकानन्द सिन्हाले मुठभेडमा धेरै नक्सलवादी मारिएको बताए। तर, कति नक्सलवादी मारिएका छन् भन्ने आधिकारिक पुष्टि भने भएको छैन । घाइते सैनिकको अवस्था सामान्य र खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् । घाइते सैनिकको राम्रो उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ । साथै उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको छ । सो भिडन्त हिजो दिउँसो ३ बजेबाट सुरू भएको थियो ।

पछिल्लो समय छत्तीसगढमा नक्सलवादीहरू विरुद्ध निरन्तर कारवाही भइरहेको छ । बस्तर क्षेत्रमा एक महिला नक्सलीसहित दुई पुरस्कृत नक्सलवादीहरूले सुरक्षा बल सामु आत्मसमर्पण गरेका छन् भने सुरक्षा बलहरूले दुई आतंकवादीलाई पक्राउ गरेका थिए। पुलिस अधिकारीहरूले भनेका थिए कि सुकमा जिल्लामा दुई नक्सलवादीहरूले प्रत्येक ८ लाख रूपैयाँको पुरस्कार लिएर आत्मसमर्पण गरेका हुन् ।

सुरक्षा बलको कडा कारबाहीका कारण नक्सल शिविरमा हलचल मच्चिएको छ । दन्तेवाडामा एक–दुई होइन, २६ नक्सलवादीले सँगै आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्ने नक्सलीहरूमा पुरस्कृत नक्सलवादी पनि समावेश थिए। उनीमाथि एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो । आत्मसमर्पण गरेका नक्सलवादीहरूका सम्बन्धमा एसपी गौरव राईले उनीहरू पोस्टर, ब्यानर टाँस्ने, सामान सङ्कलन गर्ने, आगजनी गर्ने, सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने र सरकारी काममा अवरोध गर्ने जस्ता सबै भ्रष्ट गतिविधिमा संलग्न रहेको बताए।
 

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...