‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा.परियार पुरस्कृत

Published on

काठमाडौं । ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ बाट अधिकारकर्मी डा।विष्णुमाया परियार पुरस्कृत हुनुभएको छ । मानव अधिकार एवम् सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै मानवअधिकार तथा शान्ति समाजले उहाँलाई एक लाख १० हजार राशिबाट पुरस्कृत गरेको हो ।

२५ वर्ष भन्दा बढी अधिकारको आन्दोलनमा योगदान दिनुभएकी डा।परियार राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा सम्मानित तथा पुरस्कृत भइ सक्नुभएको छ । उहाँले यो पुरस्कार एकदमै विशेष रहेको बताउनुभयो । उहाँले भन्नुभयो,धेरै अन्तर्राष्ट्रियस्तरबाट सम्मानित भएँ तर मातृभूमिले दिएको यो पुरस्कार विशेष छ ।” यो ठाउँसम्म आइपुग्न बुवाको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, दलित भनेर विभेद गरिन्थ्यो । बुवाले विभेदका विरुद्ध लड्न सिकाउनुभयो । हरेक बुवाले छोरीलाई समानता र स्वतन्त्रता दिए सफलता प्राप्त गर्न सक्ने छन् ।

गोरखामा जन्मनुभएकी ५१ वर्षीया डा।परियारको जीवन कथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा(७ को पाठ्यक्रममा सङ्लग्न छ । अधिकारका क्षेत्रमा क्रियाशील संस्था एशोसिएशन फर दलित वुमन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) का संस्थापक अध्यक्ष डा।परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि।लिट (डक्टर अफ लेटर्स) ले सम्मान गरेको थियो । डा।परियारका दुई वटा कृति प्रकाशित छन् । मानवअधिकार तथा शान्ति समाजद्वारा समाजसेवा(सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्न वि।सं।२०७६ मा यो पुरस्कारको स्थापना गरिएको हो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...