आश्रयस्थल भवन प्रयोगविहीन

Published on

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा निर्माण गरिएको ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि नै निर्माण पूरा भएका यी दुई भवन प्रयोगमा नल्याइँदा बेवारिसे बनेका हुन् । भवन अहिले लागुऔषध प्रयोग गर्ने युवाको बस्ने थलो बनेको स्थानीयले बताएका छन् ।

लालबन्दी नगरपालिका–४ का वडाध्यक्ष सत्यनारायण चौधरीले आफूहरू निर्वाचित भएर आउनुअघिदेखि नै बेवारिसे अवस्थामा रहेको भवन अझै प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो । उहाँले भवन के कसरी निर्माण गरियो र निर्माण पूरा हुनासाथ किन प्रयोग गरिएन भनेर अन्योल रहिरहेको बताउनुभएको छ । उहाँले निर्माण व्यवसायी सम्पर्कमै नरहेकाले भवन प्रयोगमा ल्याउन समस्या परेको बताउनुभयो । “सङ्घीय सरकारको लगानीमा भवन बनेको भन्ने छ तर बनेदेखि नै भवन प्रयोगमा आएको छैन, वडाध्यक्ष चौधरीले भन्नुभयो, “भवन निर्माण गर्ने निकाय र निर्माण गर्ने व्यवसायी हामीसँग सम्पर्कमा आएका पनि छैनन् । वडाध्यक्ष चौधरीले वडामा प्रहरी चौकी राख्ने पहल भइरहेकाले यदि प्रहरी चौकी स्वीकृत भएर आए अब यही भवनमा राख्ने तयारी रहेको बताउनुभएको छ । दुई वटा भवनमध्ये एउटा भवननजिकै रहेको शिशु कल्याण जनता माध्यमिक विद्यालय हरिभवनले आंशिक रूपमा प्रयोग गर्दै आइरहेको छ । लालबन्दी नगरपालिकाभित्र वडा नं। ४ मा एकै ठाउँमा ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन तथा वडा नं। १० मा आकस्मिक आश्रयस्थल र वडा नं। ८ मा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको थियो । यी चार भवनमध्ये वडा नं। ८ मा निर्मित ज्येष्ठ नागरिक भवनमा अहिले लालबन्दी नगरपालिकाको कार्यालय सञ्चालन भइरहेको छ ।

वडा नं। १० को आकस्मिक आश्रमस्थल भवन बेला बेलामा तालिम, सभा, सम्मेलन गर्न प्रयोग हुँदै आएको छ । लालबन्दी–१० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले वडा कार्यालयछेउमै रहेको आकस्मिक आश्रम भवन निर्माणपछि त्यसबेला नै ठेकेदार काम सम्पन्नताको पत्र लिन आए पनि केही काम बाँकी रहेकाले आफूले पत्र नदिएको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले वडाबाट अहिलेसम्म भवन बुझ्ने काम नभएको बताउनुभयो । त्यसपछि त ठेकेदार सम्पर्कमै आएका छैनन्, भवन पनि त्यसै छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, नगर सभा गर्न तथा विभिन्न तालिम आयोजना गर्न यो भवन प्रयोग भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...