कोशीलाई हराएको गण्डकी प्रतियोगिताबाट बाहिरियो

Published on

काठमाडौं । गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा बुधबार कर्णाली प्रदेशमाथि जित निकालेको छ ।

मूलपानी मैदानमा कोशीलाई चार विकेटले हराए पनि गण्डकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । यता पाँचौँ हार खेपेको कोशी पनि बाहिरी सकेको छ । कोशीले अङ्क तालिकामा खाता खोल्न सकेको छैन । जितको लागि एक सय ५६ रनको लक्ष्य पछाएको गण्डकीले १९\५ ओभरमा ६ विकेटको क्षतिमा एक सय ५९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रन बनाउनुभयो । ओपनर ईश्वर क्षेत्रीले २५, अर्जुन कुमालले २४, विपिन खत्री र दीपक डुम्रेले १८.१८ तथा अमृत गुरुङ १२ रन बनाउनुभयो । बलिङमा कोशीका प्रकाश कार्कीले दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको कोशीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । कोशीका लागि सोनु अन्सारीले ४४ रन बनाउनुभयो । यस्तै मनिष थापाले ४३, कप्तान अङ्कित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ र दीपेश कँडेलले १० रन बनाउनुभयो । बलिङमा गण्डकीका सुवास भण्डारीले तीन विकेट लिनुभयो । विपिन खत्री र अमृत गुरुङले एक एक विकेट लिनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...