तस्बिरमा लोमान्थाङमा तिजी पर्वको उल्लास

Published on

काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्व सुरु भएको छ । लोमान्थाङवासीहरुले तिजी पर्वको अवसरमा यहाँको मौलिक कला संस्कृति प्रदर्शन गरेका छन् । तिजी पर्वका कारण लोमान्थाङमा रौनक छाएको छ ।

पन्ध्रौ सताब्दीदेखि सुरु भएको तिजी पर्वको मौलिकता र संस्कृतिलाई लोमान्थाङवासीहरुले अहिले पनि जिवित राखेका छन् । तिजी पर्वका अवसरमा यहाँ विभिन्न पौराणिक र मौलिक नृत्य देखाइएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी लोमान्थाङ दरबार परिसरमा आइतबार देखि सुरु भएको हो । तिजी पर्वलाई लोमान्थाङवासीहरुले भव्य रुपमा मनाउने गर्दछन् । तिजी पर्वका अवसरमा विभिन्न मौलिक संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरेका छन् । लोमान्थाङ दरबारमा वौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अंकित ठुलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक बिधी अनुसार पूजाआजा गरेर तिजी पर्व सुरु गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । तिब्बती कलासंस्कृति र मौलिकतासँग दुरुस्तै मेल खाने उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व ३ दिनसम्म धुमधामसँग मनाउने गरिन्छ ।

दुई तले घर बराबरको उचाई भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिने उहाँले बताउनुभयो । तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्रौ शताब्दीदेखि सुरुवात भएको र अहिले सम्म जिवित रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुले तिजी पर्वलाई धुमधाम सँग मनाउने गर्दछन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका वासिन्दाले हरेक वर्षको जेष्ठ कृष्ण द्वादशी तिथीदेखि ३ दिन ‘तिजी’ पर्व मनाउने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताउनुभयो । उहाँका अनुसार तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व हो । तिजी पर्वलाई पछिल्ला वर्षहरुमा पर्यटन सँग जोडेर मनाउने गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘तिजी पर्व हाम्रो मौलिक सांस्कृतिक पहिचान हो । तिजी पर्वलाई जिवन्त राखेर यहाँको पर्यटन प्रवद्र्धन गरेका छौं । तिजी पर्वको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आएका छन् ।’’ तिजी पर्वको रौनक हेर्न तीनसय विदेशी पर्यटक लोमान्थाङ आएको उहाँको भनाइ छ ।

लोमान्थाङ दरवार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीहरुको हितका लागि ३ दिनसम्म पुजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने प्रचलन रहेको बताउनुभयो । तिजी पर्वका कारण लोमान्थाङका होटलहरु भरिभराउ भएका छन् । अनठौं भूगोल,प्राकृतिक सुन्दरता,एतिहासिक गुम्बाहरु,माटोको पर्खाल भित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन यहाँको पर्यटकीय आकर्षण हुन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...