नेपाल इङ्ल्यान्ड ‘सी’ सँग पराजित

Published on

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा इङ्ल्यान्ड ‘सी’ सँग पराजित भएको छ ।

अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा सोमबार राति भएको खेलमा नेपाल इङ्ल्यान्ड ‘सी’ सँग २(० गोलले पराजित भएको हो । इङ्ल्यान्ड ‘सी’ लाई जिताउन निक काबाम्बा र क्यालम स्टेडले गोल गर्नुभयो । निकले आठौँ र क्यालमले १३औँ मिेटमा गोल गर्नुभएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि नेपालले गोल फर्काउन सकेन । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेलेको हो । विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विश्वकप छनोटबाट भने यसअघि नै बाहिरिइसकेको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...