समान काम ज्यालामा विभेद

Published on

काठमाडौं । जाजरकोटमा समान काममा पनि महिला र पुरुषको ज्यालामा असमानता हुने गरेको छ । लामो समयदेखि निर्माण कार्यमा मजदुरी गर्ने बारेकोट गाउँपालिका–१, रामीडाँडाकी कल्पना कामी पुरुषसँगै एउटै काम गरे पनि असमान ज्यालाको सिकार बनिरहनुभएको छ । निर्माण कार्यमा पुरुषसरह नै उहाँ सिमेन्ट मुछ्ने, बालुवा बोक्ने, इँटा बोक्नेलगायतका काम गर्नुहुन्छ । त्यही काममा पुरुषले दैनिक एक हजार ज्याला पाउँदा महिलालाई बढीमा आठ सय रुपियाँ मात्रै दिइने गरेको छ ।

जुनीचाँदे–५ का रामबहादुर चनाराले पुरुष र महिलाको काममा कुनै अन्तर नभए पनि महिलाले काम गर्न सक्दैनन् भनेर ज्यालामा कमी दिने गरिएको बताउनुभयो । अझ पुरुषभन्दा महिलाले नठगेर, नढाँटेर काम गर्ने गरेकोसमेत उहाँले बताउनुभयो । नलगाड नगरपालिका–६ का लालुमाया शाही पनि असमान ज्यालाबाट पीडित हुनुहुन्छ । अधिकांश पुरुष कामको खोजीमा भारत तथा खाडी मुलुक जाने भएकाले मजदुरी गर्ने काममा महिलाको सङ्ख्या बढ्दै गए पनि स्वदेशमा ज्यालामा असमानता हुने गरेको उहाँले बताउनुभयो । महिलाले पनि पुरुषजत्तिकै समान काम गरे पनि पुरुषको तुलनामा ठेकेदारले पारिश्रमिक कम दिने गरेको गुनासो महिलाले गरेका छन् । पुरुष जत्तिकै दैनिक आठ घण्टा काम गर्दा पनि पारिश्रमिकमा भने पुरुषको तुलनामा दुई सय रुपियाँसम्म कम दिइने गरेको बारेकोट गाउँपालिका–२, रोकायगाउँकी मीना विक दुःखेसो पोख्नुहुन्छ । काम गर्ने बेला पुरुषको भन्दा बढी नै गर्छौं तर ज्यालामा भने हामीलाई विभेद गरिन्छ, कहाँ कसलाई भन्नु जाने रु” उहाँले प्रश्न गर्नुभयो ।

नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह दैनिक ज्याला मजदुरीमा महिला र पुरुषले समान काम गर्दा पनि ज्यालामा विभेद हुनु सरोकारवालाको कमजोरी रहेको बताउनुहुन्छ । समान कामका लागि समान ज्याला हुनुपर्ने मान्यता स्थापित गर्न अधिकारकर्मीले बहस पैरवी गर्नुपर्ने शाहको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...