कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा राई

Published on

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं। १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासङ्घको प्रथम अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । उहाँसँगै अन्य पदाधिकारी, सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपसभापतिद्वयमा इन्दु राजधामी र सन्तोष राई, सचिवद्वयमा सरिता मोक्तान र उज्ज्वल हलवाई, सहसचिवद्वयमा रामबहादुर श्रेष्ठ र रिजन तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा गीता श्रेष्ठ, दिपेश राई, रतन गुरुङ, सगुन लिम्बु, पुकार तामाङ, मोहित राई, दिलकृष्ण तामाङ, धनमाया लिम्बु, सङ्गीता सुनुवार लिम्बु र निर्मला राई रहनुभएको छ । अधिवेशनले सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू तिलकबहादुर सुनुवार, राजदीप लामा, राजकुमार भुजेल, मन्जिल कसजु, रमिना सुब्बा र रमिता श्रेष्ठ रहेको छ ।

निर्वाचित सबैलाई मतदान अधिकृत इन्द्रमोहन झाले शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नवनिर्वाति सभापति राईले गरिमामय सभापतिको जिम्मेवारी सुम्पिनु भएकोमा नेतृत्व वर्गलाई धन्यवाद ज्ञापन गर्दै आफूप्रतिको विश्वासमा आवाञ्छित आरोप आउने कुनैपनि गतिविधि नगरी पार्टीको आदर्शबाट अविचलित रही समग्र आदिवासी जनजाति समुदायलाई पार्टीसँग जोड्दै समुदायको हकहीतका लागि प्रतिबद्ध भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा १९२० सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधिद्वय ललिता अधिकारी शर्मा र पूजा धामीलगायतका नेताहरूको उपस्थिति रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...