धरानमा सांस्कृतिक सचेतना अभियान सुरु

Published on

काठमाडौं । किराती संस्कृतिहरूको गलत प्रयोग विरुद्ध सचेतना अभियान सुरु गरिएको छ । किराँत राई सांस्कृतिक कलाकार सङ्घले किराँती संस्कृतिको गलत प्रयोग भइरहेको भन्दै सांस्कृतिक सचेतना अभियान सुनसरीबाट सुरु गर्न लागेको हो ।

गत वर्ष काठमाडौँबाट सुरु गरेको अभियान यस पटक सुनसरीसहित १ नं।प्रदेशभरिका सबै जिल्लामा अभियान सञ्चालन गर्ने कलाकार संघका केन्द्रीय अध्यक्ष शालिक सतासक राईले बताउनुभयो । कलाकार सङ्घले नजिकै आइरहेको साकेला उँधौलीलाई लक्षित गरेर सचेतना अभियानको सुरुवात गर्न लागेको उहाँले बताउनुभयो । मुन्दुम भनेको किरातीहरुको विश्व, जीवन र जगतलाई बुझ्ने दृष्टिकोण हो । यो हजारौँ वर्षको समष्टि र अनुभवहरूको शृङ्खला हो । यो कुनै एक व्यक्तिको ज्ञानबाट निःसृत नभई सामूहिक रूपमा पुर्खाहरूको अनुभवबाट आर्जित विकसित बौद्धिक विरासत रहेको उहाँले बताउनुभयो । मुन्दुमलाई किरात संस्कृतिको मुख्य आधार मानिन्छ र मुन्दुमभित्र जन्मदेखि मृत्युसम्मको संस्कार, संस्कृति सहित व्यवहारिक जीवनका राजनीतिक, सामाजिक विकास, आर्थिक प्रणाली, न्याय प्रणाली, सम्पूर्ण सांस्कृतिक जीवन पद्धतिलाई मुन्दुमले निर्देशित गरिएको हुन्छ । मुन्दुम दर्शनमा प्रकृतिको सम्मान प्रकृतिवाद, पितृको सम्मान–पितृवाद, आत्माको सम्मान–आत्मावाद र भौतिकवाद र विज्ञानको समावेश हुने सङ्घले जनाएको छ ।

त्यसले किराती राई संस्कृतिसँग जोडिएर आएको मौलिक बाजागाजा, भेषभूषा, फेटा ९पगरी०, मौलिक चाड साकेला सिली, मुन्दुमी सामाग्री बाबुक, सोलोया, चिन्डो आदि मूर्त तथा अमूर्त संस्कृतिको प्रयोग गर्दा मुन्दुमी विधि ९प्राणप्रतिष्ठा० भएकोले सोही आचारसंहिता अनुसार प्रयोग गर्नु सान्दर्भिक हुने सङ्घले जनाएको छ । किराती संस्कृतिहरूको गलत प्रयोगविरुद्ध र किराती संस्कार संस्कृति प्रयोगमा एकरूपता ल्याउन सुनसरी जिल्लाभरि आयोजना हुने साकेला कार्यक्रमहरूमा पुगेर सचेतना जगाउने गर्छौँ, गलत प्रयोग भएको पाइयो भने सम्झाउने, बुझाउने गर्ने अध्यक्ष राईले बताउनुभयो । किराती संस्कार अनुसार चिन्डो, फेटा लगायतको प्रयोग मुन्धुमी मान्यता, व्याख्या र दर्शनको आधारमा हुनुपर्छ । हामीमा यसको गलत प्रयोग भइरहेको पाएका छौँ, यसले हामीमा विचलन ल्याइरहेकोले यसलाई तत्कालै सच्याउनुपर्छ भनेर अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

किराती शुद्धताको प्रतीक पवित्र चिन्डो ‘बाबुुलाई प्रयोग गर्दा खाली भुईँमा राख्न नहुने, टेक्न नहुने, अपमान गर्न नहुने पवित्र चिण्डोको प्रतीकलाई कतिपयले साडीको पारीमा प्रयोग गरेको भेटियो, यसले पवित्र चिण्डोको अपमान हुन्छ यसैले चिण्डोको प्रतीक पोसाकमा कम्मरदेखि माथि मात्रै राख्नुपर्छ यसकारण पछिल्लो समय किराती भेषभूषा, फेटा, ढोल झ्याम्टा, चिन्डोलगायतको प्रयोग बारेमा सचेतना गराउने सङ्घले जनाएको छ । मौलिक बाजागाजा विभिन्न राजनीतिक दलको कार्यक्रममा प्रयोग भइरहेको भन्दै यो कार्य नगर्न अध्यक्ष राईले अपिल गर्नुभयो । साकेला उँधौली र उँधौलीमा मौलिक भेषभूषा, सांस्कृतिक बाजागाजा, पगरी, फेटा, साकेला सिली, गीत जस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मूर्त र अमूर्त संस्कृतिको गलत प्रयोग भइरहेकोले यसलाई रोक्न सचेतना कार्यक्रम गरिने उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...