सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

Published on

काठमाडौं । संसदमा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सत्तामा रहेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई अहिले छलफलमा बोलाउनुभएको हो । छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी, सभालाई नियमित सञ्चालन गरी कार्यसूचीमा प्रवेश गराउन अभिभावकका हैसियतले सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षका नेता र सचेतकसँग पटकपटक छलफल गर्दै आउनुभएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अवरोधको अवस्थामा रहेको सभाको बैठक सञ्चालन गर्ने विषयमा राजनीतिक दलबीच छलफल भइरहेको र प्रतिपक्षले केही समय माग गरेकाले शुक्रबारको बैठक सुरु हुन विलम्ब भएको जानकारी दिनुभयो । आजको प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे निर्धारिण गरिएको थियो । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि विपक्षी दलका नेताहरुसँग छलफल गरिरहेको छ ।

सङ्घीय संसद्को चालु अधिवेशनका हालसम्मका बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी अनियमिततामा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । सो दलले सभामुख घिमिरेको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने माग पनि गर्दै आएको छ । यही जेठ १ गते सुरु भएको चालु अधिवेशनको पहिलो दिनदेखि नै विपक्षी कांग्रेसले अवरोध गर्दै आएको छ । जेठ २ गतेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुति भएको थियो भने उहाँलाई धन्यवाद दिनेलगायत कार्यसूची रहेको उक्त दिनको साँझको बैठकमा प्रतिपक्षीले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । यही जेठ ३ गतेको बैठक पनि विपक्षीको विरोधका कारण अवरोध भएको थियो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...