सभामुख घिमिरेले प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्नुहुँदै

Published on

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद् बैठक सुचारु गर्ने विषयमा छलफल गर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे सभामुख घिमिरेले दुवै अध्यक्षहरूसँग छलफल गर्ने समय निर्धारण भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी मुद्दामा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दैआएको छ । सोही कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बैठकमा आमन्त्रण गर्ने तयारी भएको अधिकारीले जानकारी दिनुभयो । संयुक्त बैठकबाट सदन सुचारु गर्ने वातावरण बन्ने विश्वास सभामुख घिमिरेको रहेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...