विश्वासको मत लिने कार्यक्रमलाई प्रभावित नगर्न सभामुखको आग्रह

Published on

काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले संसद् बैठकमा आफ्नो बहुमत परीक्षण गर्छु भन्दा त्यसलाई प्रभावित गर्न नहुने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । “संसदीय अभ्यासमा यस्ता बिजनेस हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्ने हुन्छ । केही दिनअघि मात्र हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौं” सभामुख घिमिरेले थप्नुभयो, “प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो । एक सातापछि नै बजेट ल्याउँदैछौं । मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसदमा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनु हुँदैन । संसद् नेतृत्वको हिसाबले आफूले त्यसको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । सो विषयलाई गम्भीरतापूर्वक लिन उहाँले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको ध्यानाकर्षण गराउनुभयो ।

आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने उहाँको भनाइ छ । त्यसैले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट भन्ने गरिएको उहाँले प्रष्ट पार्नुभयो । “आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ” उहाँले थप्नुभयो, “आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउन सक्छ । संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । “अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्छ” उहाँले भन्नुभयो, “संसदमा मतभेद हुन्छन्, विषयमा बहसहरू हुन्छन् । तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...