कतार च्यारिटीद्वारा अग्निपीडितलाई खाद्यान्न

Published on

काठमाडौं । सुनसरीको अग्नीपीडितहरुलाई राहत स्वरुप कतार च्यारिटीले खाद्यान्न सामग्री वितरण गरेको छ । चालू आर्थिक वर्ष २०८०\०८१ मा विभिन्न स्थानमा भएको आगलागीबाट घरबारविहीन बनेका १०३ अग्निपीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । कतार च्यारिटीको सहयोग तथा सामाजिक जीवन केन्द्र नेपाल(एसएलसी)नेपालको आयोजनामा कोशी गाउँपालिकामा एक कार्यक्रमका बिच अग्नीपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको छ । यसअघि संस्थाले सप्तरी र सुनसरी जिल्लामा भएको आगलागीबाट घरबारविहीन, एकल तथा विपन्न महिलालाई खाद्यान्न सामग्री राहत वितरण गरेको थियो । स्थानीय सरकार, सुरक्षा निकाय, स्थानीय स्वयंसेवक तथा सहयोगीहरुको सहभागीतामा अग्निपीडितलाई कतार च्यारिटीको सहयोगमा एसएलसी नेपालले खाद्यान्न राहत वितरण गरेको एसएलसी नेपालका दिनेश साहले जानकारी दिनुभयो । कोशी गाउँपालिकाको जमुवामा आगलागीबाट घरबारविहीन बनेका अग्निपीडितलाई खाद्यान्न राहत वितरण कार्यक्रममा कोशी गाउँपालिकम अध्यक्ष ऐयुव अन्सारी, एसएलसी नेपालका अध्यक्ष हजरत मंसुरी, कतार च्यारिटी प्रतिनिधि मुजाहिद अन्सारी, अन्नाउला अन्सारीसहितको उपस्थिति रहेको थियोे । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...