अध्यक्ष सिरोहियालाई म्याद थपका लागि आज अदालत लगिने

Published on

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषामा दोस्रो पटक उपस्थित गराउन लागिएको हो । हिरासतमा रहेका अध्यक्ष सिरोहियालाई अहिले बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । बयानपछि अदालतमा उपस्थित गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँलाई यसअघि बुधबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार धनुषा ल्याइएको थियो । यता जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहसहितका स्थानीयले अध्यक्ष सिरोहियालाई साधारण तारेख छोड्नुपर्ने माग गर्दै अदालत अगाडि धर्नामा बसेर प्रदर्शन गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...